१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

पोखरा महानगरपालिकाः प्रमुखमा एकीकृत समाजवादीका आचार्य विजयी, उपप्रमुखमा एमाले

पोखरा महानगरपालिकाः प्रमुखमा एकीकृत समाजवादीका आचार्य विजयी, उपप्रमुखमा एमाले
अ अ+ अ-

पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य विजयी हुनु भएको छ । नेकपा एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै सत्तारुढ पाँच दलीय गठबन्धनको समर्थनमा आचार्य निर्वाचित हुनु भएको हो ।

आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्नु भएको थियो भने थापाले ५२ हजार ८४८ मत हासिल गर्नु भएको थियो ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्नु भयो । गुरुङले ६० हजार ५४६ मत र रानाभाटले ५६ हजार ६६३ मत ल्याउनु भयो । दुई बीचको मतान्तर ३ हजार ८८३ मत रहेको थियो । निर्वाचन सकिएको १२औं दिन बुधबार बिहान १ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

एमालेको २५ वर्षदेखिको प्रभुत्वलाई आचार्यले समाप्त पार्नु भएको छ । यसअघि कृष्ण थापा २०५४ सालमा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । २०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

२०७८ मा एमाले पार्टी विभाजन हुँदा आचार्य माधवकुमार नेपालको एकीकृत समाजवादीमा रहनु भएको थियो । एकीकृत समाजवादीको केन्द्रीय सदस्य र कास्की अध्यक्ष हुनु भएका आचार्य प्रकाशन गृह, जलविद्युत्‌मा लगानी गरेर सफल व्यवसायी पनि हुनुहुन्छ ।

प्रमुखमा निर्वाचित भएपछि आचार्यले छोटो प्रतिक्रिया दिँदै जन्मदेखि मृत्युसम्मका दर्ता प्रक्रिया निःशुल्क गर्ने पहिलो घोषणा हुने बताउनुभयो ।

पोखरामा २ लाख ७ हजार ७१२ मतदाता रहेकोमा १ लाख ४३ हजार २२६ जनाले मतदान गरेका थिए ।

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।

महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिलो काम पोखरालाई सुशासनको प्रत्याभुत दिने हुनेछ, महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन्झट प्रदान गर्छौँ ।”

पोखराको समग्र विकासका लागि पूर्वाधार निर्माणलगायत अल्पकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाउँदै आचार्यले निर्वाचन घोषणापत्रअनुसार निर्वाचित भएको एक महिना, छ महिना, एक वर्ष र पाँच वर्षभित्रमा के–के काम गर्ने भनेर कार्ययोजना निर्माण गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो । पोखरेलीको जीवनयापन कसरी सहज र सरल बनाउन सकिन्छ भनेर कार्यक्रम ल्याइउने उहाँले बताउनुभयो ।