२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

शिक्षण अस्पतालको शव गृहको बाकस नं ४ कहिले खुल्छ ?

शिक्षण अस्पतालको शव गृहको बाकस नं ४ कहिले खुल्छ ?
अ अ+ अ-

काठमाडौंः न्यायको लागि आवाज उठाउँदा उठाउँदै सात वर्ष अघि सत्याग्रह बसेकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शव विगत सात वर्षदेखि अन्त्येष्टी हुन सकेको छैन ।  

गोरखा फुजेलका अधिकारीका कान्छा छोरा कृष्णप्रसादलाई शसस्त्र द्वन्द्वका क्रममा २०६१ सालमा माओवादीले चितवनको टाँडीका हत्या गरेका थिए । त्यस बेलादेखि  नै हत्यारालाई कारबाहीको माग गर्दै नन्दप्रसाद सहित पत्नी गंगामाया न्यायका लागि भौतारिरहे ।

न्यायका लागि सरकार, मानव अधिकार आयोग र अन्यत्र जताततै चहारे तर आफूले खोजे अनुसारको न्याय नपाएको भन्दै उनीहरुले अनसन जस्तो कठोर कदम उठाए । अनसनकै क्रममा २०७१ साल असोज ६ गते नन्दप्रसादको निधन  भयो ।

पत्नी गंगामायाले आजसम्म पनि सत्याग्रहलाई निरन्तरता दिँदै आउनु भएको छ । अनसन बसेर स्वास्थ्य अवस्था कमजोर भएपछि सरकारले उपचारका लागि वीर अस्पतालमा पु¥याएको थियो ।  वीर अस्पतालको आईसीयूमा उपचाररत  रहेकै  अवस्थामा ५४ वर्षको उमेरमा निधन भएका  अधिकारीको शवको अत्येष्टि कहिले हुन्छ अझै टुङ्गो भएको छैन ।

अधिकारी पत्नी गंगामाया पनि दोषीलाई कारबाही  नहुँदासम्म सत्याग्रह कायम राख्ने अडानमा हुनहुन्छ । चौतर्फी दबाबपछि सरकारले घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ पनि गर्यो तर, आरोपितहरु अदालतबाट छुटेपछि अधिकारी दम्पतीले त्यागेको अनसन फेरि थाले ।

राष्ट्रिय मानव अधिकार आयोगले  पनि पटक पटक कृष्णप्रसादको हत्या सम्बन्धमा तत्काल न्याय निरुपणमा सरकार उदासिन रहँदै आएको जनाउँदै घटनाका पीडितले न्याय प्राप्त गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

अधिकारीको निधन पनि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नन्दप्रसाद अधिकारीको शवको आफ्नो धर्म संस्कृति अनुसार अन्त्येष्टी हुन पाउने शरीरको अधिकारको सम्मान गर्न तथा पीडितलाई न्याय प्रदान गर्नका लागि तत्काल पहल गर्न आयोग नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउँदछ ।

अधिकारी दम्पतीको सत्याग्रहलाई नजिकबाट नियालीरहनु भएका अधिकारकर्मी चरण प्रसाई भन्नुहुन्छ, नन्दप्रसादले बालेको न्यायको दियो निभ्न नदिऔं। राजनीतिले अपराध गर्न पाउँदैन र अपराध गर्नेलाई पनि छुट हुँदैन भन्ने संदेश फैलाउनु पर्छ ।