१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफ सकिँदा नेपाल र हङकङको गोलरहित बराबरी



अ+ अ-

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेल अन्तर्गत नेपालले  हङकङको सामना गर्दैछ । 

उज्वेकिस्तानको जेएआर स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा दुबै टिमले गोलरहित बराबरी खेलेका छन्।

एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ।

समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो । जुन खेलमा नेपालले २–१ ले पराजय ब्यहोरेको थियो । 

छनोटको आशा कायम राख्न नेपाललाई जित्नै पर्ने हुन्छ। नेपाललाई जितले मात्र पुग्दैन। फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नुपर्नेछ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।