२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र महासचिव गुटरेसद्वारा शुभकामना

चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र महासचिव गुटरेसद्वारा शुभकामना
अ अ+ अ-

काठमाडौं । नेपालको संविधान तथा राष्ट्रिय दिवसका अवसरमा चीनका राष्ट्रपति सी चीनफिङ, प्रधानमन्त्री ली खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपाल र नेपालीको समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । 

चिनियाँ राष्ट्रपति र महासचिव गुटरेशले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नुभएको हो भने चीनका प्रधानमन्त्री लीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएर हार्दिक शुभेच्छा व्यक्त गर्नुभएको हो । 

चीन सरकार र जनताका तर्फबाट पठाउनुभएको सन्देशमा राष्ट्रपति सीले विकास र समृद्धिका निम्ति चीन र नेपालबीचको रणनीतिक साझेदारी र सहयोगको सम्बन्ध अनन्तकालसम्म रहिरहने विशिष्ट प्रकृतिको छ भन्दै एकअर्काका हित प्रवद्र्धनमा दृढताका साथ सहयोग भइरहेको बताउनुभएको छ ।  

गतवर्षदेखि चिनियाँ र नेपाली जनता संयुक्तरूपमा कोभिड–१९ महामारीविरुद्ध लडिरहेका तथा परम्परागत चीन–नेपाल मैत्रीलाई ‘बेल्ट एण्ड रोड’ सहयोगको माध्यमबाट उनीहरूले त्यसलाई नयाँ गति दिएका बताउनुभएको छ । 

चीन र नेपालबीचको सम्बन्धलाई अझ उन्नत तुल्याउन आफूले उच्च महत्व दिएको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिले सन्देशमा दुवै देश र जनताको अझ अधिक हित तथा द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्दै त्यसलाई नवीन चरणमा पुर्याउन राष्ट्रपति भण्डारीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको छ । 

यसैगरी महासचिव गुटरेसले अहिलेको कठिन परिस्थितिमा हरेक देशले विश्वको कल्याणका खातिर आवश्यक योगदान गर्नुपर्ने स्मरण गराएको बताउँदै महामारीबाट पार पाउन सहकार्य गरिरहँदा त्यसलाई परास्त गरेपछि अझ उत्थानशील, दिगो र न्यायपूर्ण समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । 

जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसले निम्त्याउने सङ्कटको सम्बोधनका साथै दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयासलाई दृढताका साथ अघि बढाउन आवश्यक भएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । 

संयुक्त राष्ट्रसङ्घलाई सुदृढ तुल्याउँदै सबैका लागि अझ योग्य र शान्त संसार निर्माण गर्न नेपालबाट सहयोग हुने भरोसा आफूले गरेको महासचिव गुटरेसले बताउनुभएको छ । 

यसैगरी, प्रधानमन्त्री लीले प्रधानमन्त्री देउवालाई पठाउनुभएको सन्देशमा पहाड र नदीले जोडिएका चीन र नेपाल परम्परागत छिमेकी मित्र हुन् भन्दै कोरोनाको महामारी फैलिएपछि एकअर्कालाई सहयोग गर्दै द्विपक्षीय मैत्रीमा नयाँ अध्याय थपिएको बताउनुभएको छ । ‘महामारीविरुद्धको लडाइँमा नेपाली पक्षसँग  मिलेर काम गर्न तथा ‘बेल्ट एण्ड रोड’ सहयोगलाई संयुक्त रुपमा अघि बढाउनका साथै चीन–नेपाल सहयोगको रणनीतिक साझेदारी प्रवद्र्धनका निम्ति विभिन्न क्षेत्रमा उच्चस्तरीय आदानप्रदान एवम् सहायता विस्तार गर्न चीन इच्छुक रहेको’ प्रधानमन्त्री देउवालाई सम्बोधन गरेर प्रधानमन्त्री लीले पठाउनुभएको सन्देशमा भनिएको छ ।