२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

महाकाली सिँचाइः डेढ दशकमा १३ प्रतिशत मात्रै काम सकियो

महाकाली सिँचाइः डेढ दशकमा १३ प्रतिशत मात्रै काम सकियो
file photo
अ अ+ अ-

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत १५ किलोमिटर मूल नहरको निर्माण अझै अधुरै छ ।

तीन वर्षअधि पूरा गर्ने लक्ष्यसहित २०७४ माघमा आयोजनाको तेस्रो चरणअन्तर्गत थालिएको १५ किलोमिटर मूल नहरको निर्माण अझै अधुरै रहेको हो । डेढ दशकअघि महाकाली नदीको पानी सिँचाइका लागि कैलालीको मालाखेतीसम्म पुर्याउने उद्देश्यसहित सुरु भएको कञ्चनपुरको ठूलो आयोजना महाकाली सिँचाइ तेस्रो चरणको गति सुस्त छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा पर्ने नेपाल–भारत सीमा क्षेत्रबाट यसअघि झण्डै १३ किलोमिटर मूल नहर निर्माण भइसकेको छ । उक्त नहर निर्माण सकिएपछि महाकाली सिँचाइले थप १५ किलोमिटर मूल नहर निर्माण थालेको लामो समय बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

तीन वटा प्याकेजमा मूल नहरको निर्माण थालिएको थियो । शुक्लाफाँटाको फुलेलीसम्म निर्माण ठेक्का भए पनि कोरोना कहर, रुख कटान र मुआब्जा वितरणमा भएको ढिलाइले नहर निर्माण प्रभावित बनेको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले गर्त वर्ष गुरुयोजना स्वीकृत गरेर आयोजनाको काम अघि बढेको बताउनुभयो ।

उहाँले दश वर्षभित्र मूल नहर निर्माण सक्ने गरी रु ३५ अर्बको योजना बनाइएको जानकारी दिनुभयो । “हामीले गत वर्षदेखि आगामी दश वर्षमा आयोजना पूरा गर्ने योजनासहित अघि बढेका छौँ”, उहाँले भन्नुभयो, “लगानी र फिल्डमा काम गर्ने वातावरण बने समयमा सकिन्छ ।” उहाँले आयोजनाको हालसम्म १३ प्रतिशत मात्रै भौतिक प्रगति भएको बताउनुभयो । उहाँले विभिन्न समस्यासित जुधिरहेको आयोजनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

“रकम माग गर्दै मन्त्रालय धाउनुपर्ने अवस्थाले आयोजनाको काम छिटो होला भन्न सकिन्न”, उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको आयोजनामा पारिए पनि ध्यान दिइएको छैन ।” त्यसैगरी हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरको ६५ प्रतिशत काम सकिएको छ । “अहिले बर्सातले केही समय काम प्रभावित भयो”, उहाँले भन्नुभयो, “अवस्था सामान्य भएसँगै निर्माण व्यवसायी काम थाल्ने तयारीमा छन् ।” एक सय ५१ किलोमिटर मूल नहर निर्माण भए कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रको ३३ हजार ५०० हेक्टर जमिनलाई सिँचाइ सुविधा पुग्नेछ ।
    
त्यसैगरी आयोजनाले २२ वटा शाखा नहर निर्माणको तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । निर्माणाधीन १५ किलोमिटर मूल नहर निर्माणका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको थियो । अहिले उक्त कामको म्याद आगामी चैत २८ गतेसम्म थपिएको छ । 

त्यसैगरी भारतीय पक्षले महाकाली नदीबाट एक हजार २०० मिटर मूल नहर निर्माण र हेड रेगुलेटर निर्माणको काम गर्नुपर्ने जिम्मा हो । सोहीअनुसार भारतीय पक्षले नहर निर्माणको काम थालेको भए पनि निर्माण कार्य सुस्त गतिमा अघि बढाइएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सिँचाइ सुविधाको अभावले अझै धेरै क्षेत्रका किसान आकाशे पानीका भरमा खेती गर्दै आएको बताउनुभयो । “ब्रह्मदेव क्षेत्रको मूल नहर बनेको ठाउँमा शाखा नहर बनाएर सिँचाइ सुविधा दिनुपर्ने थियो”, उहाँले भन्नुभयो, “नहर बनाउने तर पानी कहिले आउने टुङ्गो नै भएन ।” यहाँको भीमदत्त नगरपालिका, बेदकोट, बेल्डाँडी, बेलौरी क्षेत्रमा महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणअन्तर्गत सिँचाइ सुविधा रहे पनि अधिकांश पालिका अझै सो सुविधाबाट वञ्चित छन् ।

यहाँको बेदकोट नगरपालिका–५ धरमपुरका स्थानीय रामबहादुर डगौंराले सिँचाइका लागि समस्या रहेको बताउनुभयो । “चौधरी नदीको पानीले बर्खामा धान रोप्न पुगे पनि हिउँदमा गहुँ सिँचाइका लागि निकै गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “धरमपुर शिविरमा त धारामा पानी नै आउँदैन ।” उहाँले सो क्षेत्रमा खानेपानीको समय समस्या रहेको दुखेसो पोख्नुभयो ।