१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। प्रधानमन्त्री समेत रहेका देउवाले भोलि दिउँसो ३ बजे बुढानिलकण्ठमा बैठक बोलाएका हुन्।

पदाधिकारी तथा पूर्व पदाधिकारीलाई निम्ता दिइएको बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। 

महाधिवेशनको मुखमा रहेको कांग्रेसको १३ जिल्लाको क्रियाशील सदस्यता सूची अझै सार्वजनिक हुन सकेको छैन। यसैबीच, मंगलवार बसेको सत्तारुढ गठबन्धनको बैठकले डा नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ। 

यस निर्णयमा सत्तारुढ दलले सहमति जनाए पनि कांग्रेसकै संस्थापनइतरले विरोध गर्ने संकेत गरेका छन्। यस विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ।