• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

सेन्ट लरेन्सका कोअर्डिनेटरबाट विद्यार्थीमाथि यौन दुर्व्यवहार, विद्यार्थी आन्दोलित



फोटो- सामाजीक सञ्जालबाट

काठमाडौँ । काठमाडौँको चाबहिलस्थित सेन्ट लरेन्स विद्यालयमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यालयका कोअर्डिनेटर जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आक्रोशमा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

सो विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले विद्यायलकै युनिफर्ममा गौशालास्थित प्रहरी वृत्तअगाडि प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीले कोअर्डिनेटर अधिकारीले विद्यालयकी एक छात्रालाई पछिल्लो एक/दुई महिनायता यौन दुर्व्यवहार गर्दै आएको बताए । उनका अनुसार ती छात्रालाई रेस्टिकेट गरिदिने धम्की दिने तथा क्याफेमा लगेर अश्लील तरिकाले छुने गर्थे ।

सामाजिकि विषय पढाउने कोअर्डिनेटर अधिकारीले आफ्नो दाइ वा भाइसँग बेञ्चमा सँगै बसेकोमा पनि गाली गर्ने गरेको ती विद्यार्थीले बताए । उनका अनुसार अधिकारीले ‘तिमीहरु सँगै नबस, बेञ्चमै सेक्स गर्छौ’ भन्थे ।

कोअर्डिनेटरले फेसबुकमा पनि ती छात्रामाथि दुव्र्यवहार गरेको ती विद्यार्थीले बताए । फेसबुकमा उनले ‘तिमीले मिनिस्कर्ट लगाएको कस्तो सेक्सी देखिएको कमेन्ट गर्ने। ‘विल यु बि माई बेड पार्टनर ?’ ‘तिम्रो घर टाढा छ मेरो घरमै बस। भाडा पनि लिदिनँ। गाडी भाडा पनि मै दिन्छु। कलेजमा पनि फ्री गरिदिन्छु। तिमीले मेरो बेडको स्याटिस्फ्याक्सन पूरा गरिदिनुपर्‍यो’ लेखेको ती विद्यार्थीले बताए ।

प्रदर्शनमा सहभागी अर्का विद्यार्थीका अनुसार पीडित छात्रा भाग्न खोज्दासमेत कोअर्डिनेटरले समातेर दुव्र्यवहार गरेका थिए ।

विद्यार्थीहरूमाथि शिक्षकबाटै दुर्व्यवहार भएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। अहिले प्रहरीले परिसर वृत्त गौशालाले घटनासम्बन्धी बुझ्ने काम गरिरहेको छ । प्रहरी परिसर वृत्त गौशालामा अहिले विद्यार्थीहरुसँगै अभिभावकहरु पनि पुगेका छन् ।