१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु



अ+ अ-

गुल्मी । गुल्मीमा पहिराले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा तिन जनाको मुत्यु भएको हो । 

प्रहरीका अनुसार पहिरोमा परि परि मुत्यु हुनेमा परियारकी २१ वर्षीया छोरी  भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेका अनुसार मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् ।

शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तिलक, उहाँकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उहाँहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।