६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको संगठित सदस्य संख्या १० लाख पुर्‍याइने



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको संगठित सदस्यको संख्या ६ लाखबाट बढाएर १० लाख पुर्‍याउने भएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले संगठित सदस्यता वितरणलाई अभियानकै रूपमा अगाडि बढाउने नीति लिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टीको राष्ट्रिय सम्मेलनअघि ४ लाख संगठित सदस्य संख्या थपेर हाल कायम रहेको ६ लाखबाट बढाएर पार्टीले दश लाख संगठित सदस्य पुर्याउने लक्ष्य लिएको नेपाल समाचारपत्रलाई बताउनुभयो ।

केन्द्रमा केही नेताहरूले पार्टी छोडे पनि तल्ला कमिटीमा खासै असर नपरेको दाबी गर्दै पौडेलले भन्नुभयो– ‘पार्टीलाई एक नम्बर बनाउने गरी योजना तयार पारेर अघि बढ्ने पार्टीको अहिलेको नीति हो ।’

सांगठानिकरूपमा माओवादी बलियो रहेको बताउँदै उहाँले पार्टीभित्र कार्यकर्तामा रहेको गुनासो र असन्तुष्टिलाई सम्बोधन गरेर अगाडि बढ्दा पार्टी अझै बलियो भएर आउने दाबी पनि गर्नुभयो ।

माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने निर्णय पनि गरेको छ । पार्टीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको छ ।

अब तल्ला कमिटिका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादीको अहिलेको संगठनात्मक संरचनाअनुसार २ लाख ८५ हजार पदमा निर्वाचनमार्फत नेतृत्व चयन हुनेछ । निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।

अध्यक्ष प्रचण्डले केन्द्रीय निर्वाचन समितिको सोमबार आयोजित भर्चुअल अभिमुखीकरण बैठकलाई सम्बोधन गर्दै सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने जानकारी गराउँदै सोहीअनुसारको तयारीमा जुट्न निर्देशन दिइसक्नुभएको छ । उक्त बैठकमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिनुभएको थियो । 

बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका पाँच–पाँच जना सहभागी रहेको थियो । प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार आज प्रकाशित नेपालसमाचर पत्र दैनिकमा प्रकाशित छ ।