२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

ऐतिहासिक दस्तावेज ‘चितवन दर्पण’ प्रकाशन

ऐतिहासिक दस्तावेज ‘चितवन दर्पण’ प्रकाशन
अ अ+ अ-

चितवन । चितवन जिल्लाको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन गरिएको छ । जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मङ्गलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गर्नुभयो ।

पुस्तकका लागि यहाँका सात पालिका समेटेर पाँच विषयविज्ञ लेखकले लेख्नुभएको छ । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने पुस्तक प्रकाशन तथा संयोजन समितिका संयोजकसमेत रहनुभएका बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले जानकारी दिनुभयो । उहाँले ‘चितवन दर्पण’ पुस्तक यहाँको ऐतिहासिक दस्तावेज भएको बताउनुभयो ।

“विज्ञ लेखकले निकै मेहेनत गरेर लेख्नुभएको छ”, उहाँले भन्नुभयो, “पुस्तकबाट वर्तमान र भावी पुस्ताले जिल्लाका बारेमा धेरै जानकारी लिन सक्नेछन् ।” जिल्लाको यतिधेरै तथ्य तथ्याङ्कसहित ऐतिहासिक विषयवस्तु समेटिएर प्रकाशन गरिएको यो पुस्तक पहिलो भएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले एउटै पुस्तकमा समग्र जिल्लाको जानकारी प्राप्त गर्न सकिने जानकारी दिनुभयो । उहाँले पुस्तकबाट चितवनका बारेमा धेरै जानकारी प्राप्त गर्न सकिने जनाउँदै नयाँ पुस्ताले एउटै पुस्तकबाट धेरै विषय अध्ययन गर्न सक्ने बताउनुभयो । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने उहाँको भनाइ छ । जिल्लाका विज्ञहरुलाई सहभागी गराएर पुस्तक प्रकाशन गर्न पाउँदा खुसी लागेको डल्लाकोटीले बताउनुभयो ।

पुस्तक प्रकाशनका क्रममा विज्ञसहितको टोलीले चितवनका सात पालिकामा पुगेर तथ्य तथ्याङ्क सङ्कलन गरेको थियो । सो क्रममा सबै पालिकाका अग्रज तथा विज्ञहरुसँग आवश्यक जानकारी लिइएको पुस्तक प्रकाशन तथा संयोजन समितिमा सदस्यसचिव डा विश्वराज सुवेदीले जानकारी दिनुभयो । उहाँले विज्ञहरुको एक वर्षको मेहेनतबाट पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुभयो । पुस्तकमा जिल्लाका ऐतिहासिक र परिकल्पना गरेका तस्वीरसमेत राखिएको छ ।

जिल्लाको स्थापनामा महत्वपूर्ण योगदान पु¥याउने अग्रजहरुको परिचय र योगदानसमेत पुस्तकमा समावेश गरिएको छ । पुस्तक प्रकाशनका क्रममा आवश्यक तथ्य, तथ्याङ्क उपलब्ध गराउनका लागि जिल्लावासीमा आह्वानसमेत गरिएको थियो ।

सामाजिक विकासमन्त्री सुवेदी संयोजक रहनुभएको पुस्तक प्रकाशन तथा संयोजन समितिमा सदस्यसचिव डा विश्वराज सुवेदी, सदस्यमा प्रा डा देवीप्रसाद कँडेल, राजेन्द्र रेग्मी, रमाकान्त सापकोटा, इन्द्रप्रसाद लामिछाने, मुनाकुमारी श्रेष्ठ, डिआर पोखरेल, कपिल सुवेदी, डा इन्द्रविलास घिमिरे रहनुभएको छ । 

यस्तै जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतमको संयोजकत्वमा व्यवस्थापन समिति र सम्पादक सहयोग समितिका संयोजक नेपाल पत्रकार महासङ्घका अध्यक्ष नारायण अधिकारी, सदस्यमा पत्रकार दीपेन्द्र अधिकारी र कृष्ण आचार्य रहनुभएको छ । पुस्तकमा भाषा सम्पादनको काम प्रध्यापक कृष्णमणि पहारीले गर्नुभएको छ । पुस्तक प्रकाशनमा योगदान पुर्याउने सबैलाई पाँचौँ जिल्लासभामा सम्मानसमेत गरिएको छ ।