२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 4.12

Humidity: 56

Latest
रविलाई कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो आईपीएल आजः धोनीको कप्तानीमा चेन्नईले कोलकातासँग भिड्दै एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा आन्दोलनले अड्किएको एम्बुलेन्स–तस्बिरहरु नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँः अर्थमन्त्री दुर्गा प्रसाईंलाई विमानस्थलबाट सिधै प्रहरी परिसर लगियो जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन एमालेको सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्दरी प्रतियोगिता रोक्न सांसद अमृता थापाको माग



अ+ अ-

काठमाडौँ । संसद्को महिला तथा सामाजिक समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गरेकी छिन् ।

बैठकमा महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा छलफल भएको थियो । छलफलमा सांसद् थापाले सरकारलाई सुन्दरी प्रतियोगिता आयोजना नगर्दा राज्यलाई कति घाटा पर्छ ? भनेर सोधिन् ।

माओवादी केन्द्रका नेत्रीहरुले सुन्दरी प्रतियोगिताको सुरु देखि नै विरोध गर्दै आएका छन् । शान्ति प्रक्रियमा आएलगत्तै उनीहरुले प्रतियोगिता रोक्नुपर्ने माग राख्दै प्रदर्शन पनि गरेका थिए । उनीहरुले यस्ता सुन्दरी प्रतियोगिता रोक्नका लागि सरकारलाई दबाब पनि दिँदै आएका थिए ।

विगतमा पनि आफूहरुले सुन्दरी प्रतियोगिता राज्यको हितमा छैन भन्दै विरोध गरेको स्मरण गराउँदै सांसद् थापाले भनिन्, “मिस नेपाललगायतका सुन्दरी प्रतियोगिता रोक्नुपर्छ ।”

उनले बलात्कारको घटनामा एक वर्षभित्र उजुरी गर्नुपर्ने हदम्याद हटाइनुपर्ने बताइन् । “महिला हिंसा र हिंसाजन्य घटना वा बलात्कार जस्तो गम्भीर मानवताविरोधी कार्यमा हदम्याद लगाउनु हुँदैन, यसमा कानूनको अपुगता देखियो, यस्ता विषयमा हदम्याद नलाग्ने गरी कानून बनाउँ”, उनले भनिन् ।

त्यस्तै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले महिला हिंसासम्बन्धी सबै कानूनको पुनरावलोकन जारी रहेको उल्लेख गर्दै कानूनमै हदम्याद राख्ने प्रावधान तुरुन्तै हटाउनुपर्ने बताइन् ।

पीडितले थाहा पाएर वा नपाएर एक वर्षभित्र उजुरी दिने स्थिति रहन नसक्नेतर्फ इंगित गर्दै सांसद भुसालले मानवताविरोधी बलात्कारका घटनामा उजुरी दिन हदम्याद राख्दा एक वर्षपछि फेरि अपराध गर्न सक्ने बताइन् । उनले भनिन्, “अपराधमा कुनै हदम्याद राखिनुहुन्न ।”