११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक नाले घरेलु बन्दुकसहित एक जना पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

वीरगञ्ज । पर्सा प्रहरीको टोलीले १२ बोरको एक नाले घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा पर्सागढी नगरपालिका– ९ बस्ने वर्ष २७ का मनोज भन्ने शिवु माझी मुसहरलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

बन्दुक बोकी बडेर्वाबाट तेलिया टोलतर्फ जाँदै गरेको भन्ने सूचना प्राप्त भएपछि खोजतलास तथा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय एकटाँगा र अस्थायी प्रहरी पोष्ट मनवाबाट संयुक्त टोलीले तेलिया टोल जाने सडकखण्डबाट मुसहरलाई पक्राउ गरेको थियो ।

प्रहरी टोलीलाई देख्नासाथ भाग्ने खोजेका थिए । तर प्रहरीले सक्रियता देखाउँदै १२ बोरको १ नाले घरेलु बन्दुकसहित मुसहरलाई पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेको मुसहरलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।