११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाटोकोसेरोसहित दुई भारतीय पक्राउ



अ+ अ-

वीरगञ्ज । पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ का ३५ वर्षीय शेख अनवर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । लाटोकोसेरोलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वन्यजन्तु सरंक्षण ऐनसम्बन्धी कसूर मुद्दा अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।