१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोज पाण्डेबाट यौन शोषण भएको बताउँदै प्रहरीमा पुगिन् अर्की पीडित



अ+ अ-

काठमाडौं । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौन शोषण भएको बताउँदै अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन् । आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी हुन् ।

शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई सम्पर्क गरेको बताइएको छ । आइतबार उनले महाशाखामै पुगेर घटना बारे बताएको स्रोतले जनाएको छ । प्रहरीले सोमबार पाण्डेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने भएको छ ।

अनुसन्धानका लागि सोमबार म्याद लिने तयारी भएको प्रहरीले जनाएको छ । यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन् ।

आरोपीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै सडक देखी संसद सम्म आवाज उठेपछि सरकारले अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन् । समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ ।

शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध ती किशोरीले पनि सोमबार जाहेरी दिने तयारी गरेकी छन् ।

यो पनिः बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ