५ आश्विन २०८१, शनिबार
,
Latest
इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोज पाण्डेबाट यौन शोषण भएको बताउँदै प्रहरीमा पुगिन् अर्की पीडित



अ+ अ-

काठमाडौं । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौन शोषण भएको बताउँदै अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन् । आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी हुन् ।

शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई सम्पर्क गरेको बताइएको छ । आइतबार उनले महाशाखामै पुगेर घटना बारे बताएको स्रोतले जनाएको छ । प्रहरीले सोमबार पाण्डेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने भएको छ ।

अनुसन्धानका लागि सोमबार म्याद लिने तयारी भएको प्रहरीले जनाएको छ । यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन् ।

आरोपीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै सडक देखी संसद सम्म आवाज उठेपछि सरकारले अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन् । समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ ।

शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध ती किशोरीले पनि सोमबार जाहेरी दिने तयारी गरेकी छन् ।

यो पनिः बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ