९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र सुधारका लागि नेपाली उत्पादनमा जोड दिन माग



अ+ अ-

काठमाडौं,८ जेष्ठ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिइने बताउनुभएको छ । रोल …

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अतृप्त अवसर लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै महामन्त्री थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिइने बताउनुभएको हो । उहाँले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझाव अनुसार उद्योग मन्त्रालय अन्र्तगत प्रधानमन्त्री नेपाली उत्पादन प्रवद्र्धन कार्यक्रमको नाममा छुट्टै परियोजना आउने बताउनुभयो । यस अन्र्तगत कृषि, खाद्यान्न, वनपैदावार, जडिबुटी, औषधी, निर्माण तथा हस्तकला लगायतका क्षेत्रमा काम हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘हिजो मात्रै प्रधानमन्त्रीलाई भेटेर यो वर्षको नीति, कार्यक्रममा प्रधानमन्त्री नेपाली उत्पादन प्रवद्र्धन कार्यक्रम भनेर एउटा छुट्टै परियोजना उद्योग मन्त्रालयले लिड गर्ने यसमा एउटा सानो स्टडी गरेर नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई गएर बुझाएको, उहाँले हाम्रो कुरा सुनिदिनु भयो । राखिदिनु भएको छ । यसमा छ वटा सेक्टर छ, एउटा टेक्सटायल, एउटा फुटवेयर, कृषि र खाद्यान्न, वन, पैदावार, जडिबुटी र औषधी र कन्ट्रक्शन, हस्तकला सातवटा एरिया गरेर के गर्नुपर्छ भनेर सबै डिटेलसहित बुझाएर यसपालिको नीति कार्यक्रम र वार्षिक कार्यक्रममा छुट्टै कार्यक्रम उद्योग मन्त्रालयले लिड गर्ने गरी लिएर आएको छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरुको कुर्सि मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताउनुभयो । उहाँले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । देशको विद्यमान पद्धती र प्रणालीमा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आफ्नै कुर्सिमात्रै जोगाउने स्थिरताले त केही दिदो रहेनछ । नीतिगत सुनिश्चितता त्यो चाहीँ हुनुप¥यो । सरकारको तिन वर्षे, पाँच वर्षे नहेरौँ । लामो हेरौँ । अर्को नेता विशेषको ओझ, नेता विशेषको करिस्मा भन्दा पनि अन्तत्ः पद्धती र प्रणालीमा सुधार नगरीकन डेलिभरी हुँदोरहेनछ भन्ने कुरा हामीले निरन्तर देखिराखेको छौँ ।’

राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दिर्घकालिन योजना बनाउनुपर्ने बताउनुभयो । विकासका लागि ५ वर्षको नभई २५ वर्षको योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा काम गर्न नीतिको कमी नभएपनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘धेरै एक्शनमा जान सकेनौँ । हामीसँग नीतिका कमी छैन । संविधानले धनि बनाइदिएको छ । हेर्नु न शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको कुरा के मात्रै छैन ? तर पनि अहिले पनि कार्यविधि बनाउनु, प्रशासनिक प्रक्रियाहरुले गर्दा हाम्रा सबै कुराहरु रोकिने रैछ । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाले आर्थिक विकासमा कन्ट्रीव्युट गर्छ । मानव जनशक्ति विकासमा कन्ट्रीव्युट गर्छ । हामीले ५ वर्षको कुरा नगर्दा हुन्छ, ५ वर्षको कुरा गर्दा हामीले धेरै छोटो सोचमा आफुलाई उभ्याइराखेको हुन्छ । हामीले २५ वर्षको कुरा गरौँ । २५ वर्ष पछि हामीले के कुरा प्राप्त गर्ने हो त्यो कुरा सिस्टममा ढालौँ । मास्टरप्लानमा ढालौँ । सरकार जोसुकैको आओस् उसले पाँच वर्षको प्लान गर्नु पर्दैन । चलिराखेको कुरामा उसले कहाँनेर अतृप्त अवसरहरु छन् । त्यसलाई अगाडी बढाउने कामहरु गर्दै गयो भने एउटा सिस्टम डेभलप भएर आउँछ । सिस्टम डेभलप भयो भने त्यसको पहुँच जनतामा हुन्छ ।’

उहाँले २५ वर्षे योजना बनाउन सके ५ वर्षमा जसको सरकार आएपनि योजना बनाइरहनु नपर्ने र गुरुयोजना अनुसार काम निरन्तर अगाडी बढाइराख्न सजिलो हुने बताउनुभयो ।