९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

प्रा.जोशीको सात दशकको अनुभव : ‘अमेरिकाले अकल्पनीय विकास गर्‍यो’

प्रा.जोशीको सात दशकको अनुभव : ‘अमेरिकाले अकल्पनीय विकास गर्‍यो’
अ अ+ अ-

वाशिङ्गटन डिसी । सुरुमा अध्ययन र पछि प्राध्यापन गरी उहाँले अमेरिकामा ५८ वर्ष बिताउनुभयो । सन् १९६४ मा अमेरिका आउनुभएका डा. तुलसीराम जोशीले यहाँ आउने नेपालीको पहिलो पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ भन्दा फरक नपर्ला । अमेरिकामा अध्ययन अध्यापनमा उहाँका ५८ वर्ष बिते । यसबीचमा अमेरिकाले विकासमा मारेको फड्को कल्पनाबाहिरको रहेको उहाँको अनुभव छ । करिब सात दशकको आफ्नो अनुभव सुनाउँदै उहाँ भन्नहुन्छ, “अहिलेको अमेरिकाको सूचना प्रविधिको फड्कोलाई हेर्दा मलाई अचम्म लाग्छ, निकै रोमाञ्चक यात्रामा अहिले पनि अमेरिका ।

कम रोमाञ्चक छैन आफ्नो जन्मस्थल बझाङ्गदेखि अमेरिकाको हवाई राज्यसम्मको उहाँको यात्रा । सात दशकअघिको बझाङ र काठमाडौँकै यात्रा पनि कति कठिन थियो भनेर अनुमान मात्र गर्न सकिन्छ । अनि काठमाडौँबाट अमेरिकाको त झन् कुरै भएन ।’’ बझाङबाट काठमाडौँका लागि चालेको पहिलो पाइलाले अमेरिकाको कल्पना सायदै गरेको थियो । तर सम्भव भयो र हवाइको होनोलुलुसम्मको यात्रा तय भयो । त्यो यात्रा यो युगको विज्ञान प्रविधिको विकासका कारण अहिलेको पुस्तालाई त सामान्य लाग्छ । तर उहाँले अहिले आफ्नो भोगाई सुनाउँदा भने यो पुस्तालाई कुनै दन्त्यकथा जस्तै लाग्न सक्छ ।

अघिल्लो हप्ता उहाँसँग भने मैले उहाँको अमेरिका बसाइका विगत र वर्तमानमा बढी केन्द्रित भएर कुराकानी गरेँ । विश्वलाई ग्लोबल भिलेज भनेर नामाकरण भएको समयावधिमा अमेरिकाले विश्वव्यापी रुपमा आफ्नो आर्थिक, कूटनीतिक र सामरिकरुपमा सदैव उच्च स्थानमा राख्दै महाशक्ति राष्ट्रका रुपमा यसलाई कायम राख्दै आजको अवस्थासम्मलाई प्राध्यापक जोशीले एक साँचो साक्षीका रुपमा नियालिरहनुभएको छ । आफूले यहाँ प्रवेश गरेको सात दशकअघिको त्यो र यो अमेरिकामा के कति फरक आइसक्यो रु अनेकन देखाई र भोगाइका रोमाञ्चक क्षणहरु छन् उहाँसँग ।

बझाङ्गबाट अमेरिका जान सुरु भएको यहाँको यात्राले ११ दिनजति त पैदल नै थियो । यात्राका क्रममा रुखको फेदमुनि बस्नेदेखि भारतको रक्सौल, अमलेखगञ्ज हुँदै भीमफेदीबाट छिर्नुभयो उहाँ काठमाडौँ । कुराकानीको क्रममा जोशीले भन्नुभयो( अहिलेको पुस्तालाई किंवदन्ती जस्तो लाग्ने यात्राका क्रममा अनेकन कष्ट झेल्नुपरेको थियो । काठमाडौँ आएपछि तत्कालीन ईष्ट वेष्ट सेन्टरले प्रदान गरेको छात्रवृत्तिमा उहाँसहित चार जनाको समूह काठमाडौँबाट कलकत्ता, हङ्गकङ्ग टोकियो हुँदै अमेरिकाको होनोलुलुमा आइपुगेको थियो ।

त्रिभुवन विश्वविद्यालयवाट प्रथम श्रेणीमा प्रथम भई तत्कालीन राजा महेन्द्रबाट स्वणर् पदक प्राप्त गर्नुभएका जोशीको जीवन यात्रामा अध्ययनले महत्वपूणर् फड्को मारेको छ । भूगोलमा स्नातकोत्तरको उपाधि युनिभर्सिटी अफ हवाईबाट प्राप्त गरेपछि उहाँले विद्यावारिधी भने पिटस्वर्गबाट गर्नुभयो । तर विद्यावारिधी गर्नपनि त्यो बेलामा त्यति सहज थिएन । पिटस्बर्ग विश्वविद्यालयवाट विद्यावारिधी गरेपछि उहाँले वेष्ट भर्जिनियाको फेरमन्ट विश्वविद्यालयमा अध्यापन सुरु गर्नुभएको थियो ।

जोशीले आफ्ना विगतका अनुभव सुनाउनुभयो, मेरो अमेरिका बसाइको प्रारम्भ र अहिलेको तुलना गर्न निकै कठिन छ । किनकि अहिले सर्वाधिक धनी भएका व्यक्तिहरुको नाम, कम्पनीहरु त्यो वेला जन्मिएका पनि थिएनन । यसवाट तपाई सहजै अनुमान लगाउन सक्नु हुन्छ विगत २५ वर्षको अवधिमा अमेरिकामा सामाजिक, आर्थिक र सूचना प्रविधिको कसरी रुपान्तरण भयो ।

जोशीले अमेरिकामा आएको परिवर्तनका बारेमा भन्नुभयो, अमेरिकामा कडा मेहनत गर्ने मानिसहरुले सफलता हासिल गर्न सक्छन् । यसैले यसलाई अवसरको भूमिको रुपमा लिइन्छ । त्यो बेलाको समयमा नेपालको विकट ग्रामीण भेगमा जन्मिएर अमेरिकाको विश्वविद्यालयमा प्राध्यापक हुन पाउनुमा पनि मेहनत र भाग्यको फल हो भन्ने लाग्छ ।

विकासको नाममा भर्खर पहाडी चट्टानहरु खोस्रेर बाटो बनाउन वामे सर्दै गरेको नेपाल र त्यसको एउटा विकट जिल्लाको गाउँबाट झण्डै ६ दशक अगाडि अमेरिका आउनुभएका जोशीले अमेरिकाको पूर्वाधार निर्माण त्यो बेला पनि उस्तै भएको बताउनुहुन्छ । उहाँले विशाल अमेरिका भित्र निर्माण गरिएका फराकिला बाटाहरुको बारेमा टिप्पणी गर्दै भन्नुभयो, हामीले देख्दा पनि फराकिला सडकहरु देखेका थियौँ, अहिले पनि ती सडक र त्यहाँ दौडने गाडीहरु उस्तै गतिमा दौडिरहेका छन् तर सूचना र प्रविधिको फड्कोसँगै यात्रामा धेरै सुविधा आएको छ ।

अमेरिकामा स्थायी रुपमा बसोबास गर्न आउने पहिलो पुस्ताको प्रतिनिधित्व गर्नुहुने जोशी अमेरिकामा स्थापित हुन यसरी सुझाउनुहुन्छ । उहाँको पहिलो सुझाव हो, अमेरिकामा वस्ने भएपछि सानो भएपनि अध्ययनको डिग्री लिन आवश्यक छ । दोस्रो यहाँको सरकारी एकाई र तिनीहरुले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी पाउँदा फाइदा पुग्छ । उहाँकै शब्दमा राम्रो ‘क्रेडिट’ को व्यवस्थापन गर्न सके यहाँ बस्ने नेपालीलाई सहज हुनेछ भने चौथो यहाँको मौसमवारे हर व्यक्ति अभ्यस्त हुनु जरुरी छ ।

जीवन यात्रामा अनेकन आरोह अवरोह भोग्नुभएका जोशीले सन् १९८८ मा नै एएनए छात्रवृत्ति कार्यक्रम मार्फत् ५० जना जेहेन्दार विद्यार्थीलाई फेरमन्ट विश्वविद्यालयमा ल्याएर पठनपाठनको व्यवस्था गर्नुभएको थियो । उहाँले भन्नुभयो( यो मेरो एउटा सानो प्रयास थियो, यस मार्फत् केही विद्यार्थी भाईवहिनीहरुले पढ्ने मौका पाउनु भयो । तपाई जहाँ वसेपनि तपाईसँग उपलब्ध स्रोत र साधनको परिचालन मार्फत् कसैको जीवन परिवर्तन गराउन सक्नुहुन्छ भने त्यो तपाईको जीवनका उत्तराद्र्धमा पनि सन्तोषपूर्वक जीवन व्यतित गर्न सक्नुहुन्छ । लामो समय प्राध्यापनमा विताउनुभएका जोशीलाई यही कुराले सदैव प्रेरित गरिरहयो । उहाँ अहिले यहाँ अवकाश जीवनमा हुनुहुन्छ ।

जोशीले अमेरिकाको शिक्षा, पूर्वाधारको विकास र प्राविधिक सीपलाई अंगीकार गरेर त्यसमार्फत् नेपालको वहुआयमिक विकासमा टेवा दिनुपर्ने वताउनुहुन्छ ।

नेपाल अमेरिका सम्बन्धको ७५ वर्षको अवसरमा उहाँको धारणा छ, अमेरिकाले नेपाल र नेपालीलाई सदैव मित्रवत व्यवहार गरेको पाएको छु । एक प्राध्यापक भएको नाताले मलाई के लाग्छ भने अमेरिकाले शिक्षा क्षेत्रमा हजाराँै नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति मार्फत अध्ययनको अवसर दिएको छ भने अर्कातर्फ नेपालको विकासमा पनि अमेरिकाको ठूलो योगदान रहेको छ । अमेरिकी नागरिक र नेपाली नागरिक वीच एक मजवुत सम्बन्ध स्थापित हुन सफल भएको छ । अमेरिकामा रहेका नेपाली संघसंस्थाहरु राम्रो भएपनि उनीहरुको कार्यशैली तलदेखि नै परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ । मपाईत्व र दम्भ देखाउनेहरु संस्थामा वसेर गैर नाफामुलक संस्थाको भावना र मर्ममाथि नै प्रहार गरेका छन् जस्तो लाग्छ । जोशीले भन्नुभयो, संगठीत हुनु साह्रै राम्रो काम हो तर त्यो सञ्चालन गर्ने फ्रेमवर्क संस्थागत छैन यो चिन्ताको विषय हो । हामी नेपालीहरुमा अझै पनि आफूले कमाएको सम्पत्ति भावी सन्ततिको लागि जम्मा गर्ने प्रवृत्ति छ, त्यो भन्दा मलाई के लाग्छ भने समाजको लागि योगदान गर्न सके त्यसले थप अवसर सिर्जना गर्नसक्छ ।

प्रवासी भूमिमा आफ्नो सम्पूणर् जीवन व्यतित गरेको भएपनि नेपालको गरिबी र अशिक्षाको लागि सदैव हातेमालो गरेको उहाँ वताउनुहुन्छ । मैले जीवनमा आफ्नो व्यावसायिक रुपमा प्राध्यापन पेशा अँगालेर जति कमाएँ त्यसको महत्वपूणर् हिस्सा समाजलाई नै समर्पित गरेको छु भन्नुहुन्छ जोशी । मैले प्रारम्भिक दिनहरुमा वार्षिक १० हजार डलरमा काम सुरु गरेको थिएँ, आफ्नो घरायशी खर्च कटाएर भए पनि मैले सामाजिक दायित्व पूरा गरेँ भन्ने लाग्छ । जोशीले आफ्नो विगत सम्झिदै भन्नुभयो( मैले केही गरे भन्दा पनि मेरो कामले प्रभावित हुनु भएकाहरुले मूल्याङ्कन गर्नुहुनेछ भन्ने लाग्छ ।

जीवनमा प्राप्त भएका वस्तु र साधनहरुलाई महत्वपूणर् मान्दै वास्तविक आवश्यकता भएका मानिसहरुलाई सहयोग गर्नु र उनीहरुलाई बाटो देखाउन सक्ने व्यक्ति बन्नु नै सार्थक जीवन हो भन्नुहुन्छ उहाँ । आफ्नो जीवनमा गरेका कामहरुप्रति खुसी हुनुहुन्छ प्राध्यापक जोशी । भन्नुहुन्छ, हामीले मानव चोला लिएर जन्मिएपछि एकपटक अनन्त यात्रामा जानु नै छ, तसर्थ कुनै कुरा आशक्त जीवन भन्दा समाजलाई केही दिन सकौँ भन्ने मेरो धारणा छ ।

आफ्नो जीवनकालमा महत्वपूणर् अवार्ड प्राप्त गर्नुभएको छ उहाँ । उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सर्भिस अवार्ड, भर्जिनिया राज्यका तीन गभर्नरहरुबाट सम्मान प्राप्त गर्नुभएको छ । जोशीसँग फेरमन्ट युनिभर्सिटीमा ४२ वर्षे प्राध्यापनको जिम्मेवारी पूरा गरेको अनुभव । गतवर्ष मात्र उहाँलाई सोही विश्वविद्यालयले विशेष सम्मान गरेको थियो । यसरी सम्मानित हुने उहाँ एक मात्र नेपाली हुनुहुन्छ । उहाँ र उहाँकी श्रीमती मर्लिनको सम्मानमा फेरमन्ट विश्वविद्यालयले उहाँहरुकै नाममा कार्यालय स्थापना गरेर सम्मान दिएको छ । अमेरिकी विश्वविद्यालयहरुले आफ्ना प्रतिष्ठित प्राध्यापकहरुको नाममा विश्वविद्यालयको भवन र प्रशासनिक कक्षहरुको नामाकरण गरेर सम्मान दिने प्रचलनको सुरुआत गरेको छ ।

उहाँहरुले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सघाउन महत्वपूणर् सहयोग गरेवापत उक्त सम्मान दिइएको विश्वविद्यालयले जनाएको छ । जोशीले भन्नुभयो, न्यून आम्दानी भएका मेहनती र जेहेन्दार विद्यार्थीहरुले विश्वव्यापी रुपमा आफूलाई प्रतिस्पर्धी बनाउन सकुन् भन्ने अभिप्रायले मैले सहयोग गरेको हुँ, मेरो यो भावनालाई विश्वविद्यालयले कदर गरेको छ, यसमा म खुसी छु । जीवनमा आफूले कमाएको रकम दान गर्दै आउनुभएका जोशीले धनगढीमा दुई वटा विद्यालयलाई रु ७० लाख र बझाङ्गमा रु ३६ लाख गरी एक करोड ४४ लाख भन्दाबढी दान दिईसक्नु भएको छ । जोशीले हालसालै मात्र आफ्नो जन्मस्थल सुदूरपश्चिमका लागि छात्रवृत्ति स्थापनाको लागि रु १४ लाख भन्दा वढी दान दिने घोषणा गर्नुभएको छ । यसैगरी अमेरिकामा आफनो जीवन जोडिएका विश्वविद्यालयहरु फेरमन्ट विश्वविद्यालय र पिटसवर्गलाई समेत गरी करिब ३ लाख ७६ हजार डलर उहाँले दान दिनुभएको छ । आफूले कमाएको रकमबाट ५ लाख डलर दान दिने नेपालीमध्ये थोरैमा उहाँ पर्नुहुन्छ । विश्वको जुनसुकै देशमा रहेपनि नेपाल र नेपालीको स्मरण सदैव रहने भएकाले हरेकले आफू जन्मिएको गाउँठाउँका लागि सानो भए पनि सहयोग गरौँ भन्ने आह्वान छ उहाँको । सबै नेपालीलाई जो जहाँ रहे या भए पनि आगामी पुस्ताको मार्ग दर्शक बन्न सकौँ भन्ने सुझाव दिनुहुन्छ जोशी । बझाङको छबिस पथिभेरा गाउँपालिका तामाखानीमा विसं १९९५ मा जन्मिनुभएका प्रा जोशीले त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर गर्नुभएको हो । उहाँले पछि अमेरिकाको युनिभर्सिटी अफ पिटस्बर्गबाट विद्यावारिधी गर्नुभयो । हाल उहाँ अमेरिकाको वेस्ट भर्जिनियामा बस्नुहुन्छ । रासस