२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

कांग्रेस सभापतिका आकाङ्क्षी गाउँगाउँमा

कांग्रेस सभापतिका आकाङ्क्षी गाउँगाउँमा
अ अ+ अ-

डोटी । नेपाली कांग्रेसको पार्टी सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उमेदवारका आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्लास्तरीय नेता गाउँगाउँमा पुगेका छन् । नेता गाउँमा आएका कारण यहाँका ग्रामीण क्षेत्रमा चहलपहल सुरु भएको स्थानीयवासी बताउँछन् । जिल्लामा वडा अधिवेशन सम्पन्न भएसँगै यही असोज ९ गते हुने नगर तथा पालिकाको अधिवशनका लागि भन्दै नेता गाउँगाउँमा रहेका आफ्ना नेता तथा कार्यकर्तामाझ पुग्न थालेका बडिकेदार गाउँपालिका-५ का काङ्ग्रेस नेता दानबहादुर कलेलले बताउनुभयो ।

पार्टी केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशन यही असोज १५ गते तोकेपछि जिल्लामा नेताहरुको चहलपहल झनै बढेको हो । कांग्रेसको मौजुदा विधानले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । त्यसैले वर्तमान जिल्ला सभापति प्रदीपकुमार देउवा अझै एक कार्यकाल सभापतिको उम्मेदवार हुन पाउने भएपछि उहाँले पनि १४औँ महाधिवेशनमा सभापतिमा आकाङ्क्षा देखाइरहनुभएको छ ।

उता १३औँ महाधिवेशनमा सभापति देउवासँग पराजित हुनुभएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि निकै चर्चामा छ । उहाँले आफूलाई स्वभाविक उम्मेदवार रहेको र पालो पनि आफ्नो भएको बताउँदै आउनुभएको छ । यसैगरी महासमिति सदस्यद्वय नरेन्द्रबहादुर सिंह र भूमिराज बडूले पनि सभापतिमा दाबेदारी प्रस्तुत गर्दै आउनु भएपछि जिल्लामा कांग्रेस निर्वाचन निकै रोमाञ्चक हुने आकलन गरिएको नेता घनश्याम पाठकले बताउनुभयो । उम्मेदवारका दाबेदार नेता अहिले खुलेर आफ्नो पक्षमा माहोल बनाउन पालिकाका अभियानमा लागिरहेका छन् ।

यस्तै लामो समयदेखि सक्रिय नेताका रूपमा चिनिँदै आउनुभएका लक्ष्मीराज पाठकको पनि सभापति पदमा चर्चा चलेको छ । विद्यार्थी राजनीतिदेखि नै निष्ठा र त्यागको राजनीति गर्दै आउनुभएका पाठकलाई एकपटक पार्टीको सभापति बनाउनुपर्ने धारणा कार्यकर्तापङ्क्तिमा रहेको अर्का नेता पदमराज जोशीले जानकारी दिनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’का क्षेत्रीय सभापति सीताराम जोशीले पनि जिल्ला सभापतिका लागि तीव्र आकाङ्क्षा देखाइरहनुभएको बताइएको छ । यसैगरी महासमिति सदस्यद्वय डिलबहादुर बम र लोकेन्द्रबहादुर शाहीको पनि सभापति पदमा आकाङ्क्षा रहेको चर्चा छ । 
बडिकेदार गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कृष्णबहादुर चन्दले आकाङ्क्षा देखाइरहेको उहाँ निकट नेताहरुले जानकारी दिनुभएको छ । सभापति पदका लागि आकाङ्क्षा सार्वजनिक गर्नेमा पूर्वपार्टी उपसभापति दीपककुमार विष्ट पनि रहनुभएको छ । पार्टीको जिल्ला समितिमा सहसचिव, सचिव हुँदै उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेकाले यसपटक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने उहाँको भनाइ छ ।

यस्तै आकाङ्क्षा सार्वजनिक गर्नेमा उपसभापति लक्ष्मण सिंह, जिल्ला कार्यसमिति सदस्य जीतबहादुर खड्का रहनुभएको छ । सिंहले आफू उपसभापति भइसकेकाले सभापतिको स्वभाविक उम्मेदवार रहेको बताउँदै आउनुभएको छ भने खड्काले आफू जिल्लामा सधैँ उपलब्ध हुनसक्ने र कार्यकर्तासँग प्रत्यक्ष जनसम्पर्कमा रहनसक्ने व्यक्ति रहेकाले उम्मेदवारी पाउनुपर्ने बताउँदै आउनुभएको छ । प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार रहनुभएका नेता पदमराज जोशीको नाम चर्चामा रहे पनि उहाँले सार्वजनिकरूपमा सभापतिको आकाङ्क्षी भएको बताउनुभएको छैन । नगर तथा पालिका अधिवेशन असोज ९ र जिल्ला अधिवेशन असोज १५ गते हुँदैछ ।