• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo

निर्वाचन आयोगले भ्रष्टाचार मुद्दामा निलम्बित उपाध्यायको शपथ रोक्न दियो निर्देशन



कैलाली । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित एक गाउँपालिकाका अध्यक्षलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्देशन दिएको छ ।

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन निर्वाचन आयोगले निर्देशन दिएको हो ।

अदालतमा उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विचारधीन रहेको भन्दै आयोगले शपथ नगराउन निर्देशन दिएको बताएको छ । यसअघि सो गाउँपालिका–२ को वडाध्यक्ष हुँदा उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

त्यसैगरी वडा नं ३ बाट वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचारधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुको मुद्दा विचाराधीन रहेको पत्र पठाएपछि निर्वाचन आयोगले शपथ नगराउन निर्देशन दिएको हो ।