२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

जोरपाटी सुन्दरीजल सडक खण्डको हरिबिजोग, पाँच वर्षमा सात किलो मिटर पनि बनेन् (फोटो फिचर)

जोरपाटी सुन्दरीजल सडक खण्डको हरिबिजोग, पाँच वर्षमा सात किलो मिटर पनि बनेन् (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । जोरपाटी सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्र गर्नुपर्ने कार्य सुरु भएको ५ वर्ष भयो । तर हाल सम्म उक्त सडकको कालोपत्रे गर्ने काम पाँच प्रतिशत पनि पुरा भएको छैन । काठमाडौ सडक विस्तार आयोजनाद्धारा निर्माण गरिने उक्त सडक आयोजना समयमै निर्माण नहुदा स्थानियबासीले सास्ती बेहोर्नु परेको छ ।

पाँच वर्ष सम्म सडक काम नलाग्ने गरि तहसनहस भएको छ।पानी परे हिलाम्मे घाम लागे धुलाम्मे, यो सडकको कारणले स्थानीयको स्वास्थ अवस्था र दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको छ। अहिले पानी परेको बेला सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिम उत्तिकै छ ।मानिसहरु त पैदल हिड्ने चान्सै छैन । लाग्छ उक्त सडक कुनै दुर्गम गाउँ तिरको जस्तो ।तर पनि राजधानी काठमाडौको यस्तो लाजमर्दो अवस्थाको अन्त हुने अझै छाटकाट छैन ।

विगतमा विविध प्राविधिक कारणले सडक निर्माण ढिलाइ भएपनि पछिल्लो समय निर्माण कम्पनी ,विद्युत प्राधिकरण र स्थानीय वडा सरकारका कारणले यस्तो भएको स्थानीयहरु बताउँछन् ।वडा अध्यक्षले यस्तो गम्भीर समस्यामा जनताले अनुभुती गर्ने गरि पहल नगरेको स्थानीयको आक्रोश छ ।वडा अध्यक्षले यहाँको समस्या बारे पहल र चासो लिएको हामीलाई अनुभुती छैन ,बरु उहाँ यी समस्याको मुखदर्शक हो स्थानीयको कडा आक्रोश छ ।

आयोजनाले २२ मिटरको सडक विस्तार गर्न थालेपछि स्थानियले मुआब्जा र क्षतिपुर्तीको माग गदै आन्दोलन गरि सर्वोच्चमा मुद्दा हालेका थिए ।त्यसपछि सर्वोच्चले स्थानियलाई क्षतिपुर्ती नदिएर आयोजना अगाडी नबढाउन आदेश गरेको थियो । तर सम्बन्धित पक्षले क्षतिपुर्ति नदिएपछि आयोजना थप प्रभावित भयो । गोकर्णेश्वर नगरपालिकाको समन्वयमा सडक १४ मिटरमा विस्तार गर्ने,स्थानियका कुनै पनि भौतिक संरचनाहरु नभत्काउने जस्ता सहमति भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । तर उसले वर्षा ,निषेधाज्ञा अनेक कारण देखाउदै हाल सम्म पनि काम पुरा गरेको छैन ।

नगरपालिका र सडक संर्घष समितिले सहमति गरेपनि कामको गति भने अपेक्षा गरेअनुसार अगाडी बढन सकेन ।सडकको हालत खाल्डाखुल्डीमा परिणत छ ।कतै कतै गिट्टीहरु थुपारिएका छन् ।करिब ६९ करोडको लागतमा बन्न लागेको उक्त सडक आयोजना समयमै सम्पन्न हुन नसक्दा सडक हिलाम्मे भएर पैदल यात्रु तथा सवारी साधनलाई कष्टकर हुने गरेको छ ।

स्थानिय बुद्धिजीवी प्रल्हाद भण्डारीका अनुसार निर्माण कम्पनीको सम्झौता सकिएपनि पटक पटक थप भएको छ। अहिले सडक अस्तब्यस्त छ,ढलको उचित व्यवस्थापन छैन,पानी छताछुल्ल छ ,यसमा सम्बन्धित पक्ष संवेदनशील हुनुपर्छ भण्डारी भन्छन् ।आशिष सिएम जेभी कम्पनीका प्रतिनिधीका अनुसार विविध लफडाका कारण आफुहरुले एक वर्ष मात्रै काम गर्न पाएको बताए । अहिले पनि काम गर्न चुनौति छ,विद्युत प्राधिकरण र दुरसंचारले पोलहरु हटाउन ढिला गरेपछि काममा अवरोध भएको छ ।त्यहि पनि काम भइरहेको कम्पनीको दाबि छ ।अहिले वर्षातको कारणले कालोपत्रे नगरिएको हो,अब पानी रोकिने बित्तिकै हामी कामलाई गति दिने छौ,कम्पनीका एक प्रतिनिधिले भने ।

वडा नम्बर ८ का वडा अध्यक्ष मनोज ढुंगानाले वडाका समस्याहरु प्रति आफूलाई आएको प्रतिक्रियाको बचाउ गरे ।यी समस्या बारे वडा अध्यक्ष सँग जिज्ञासा राख्दा उनले भने , केही समस्याहरु छन् ,सडकको काम भइरहेको छ ,बाटोमा गिट्टीहरु थुपारेको छ ,देख्नु भएन ररु उनले प्रति प्रश्न गरे ।तर वडा अध्यक्षले सडक ,खानेपानी ,ढल आदि विषयमा अत्यन्तै लापरबाही गरेको व्यापक गुनासो छ ।वडामा पानीको पाइप चुहावट भएर सडक हिलाम्मे भए पनि १० दिन सम्म उक्त पाइप मर्मत समेत गर्न वडाले नसकेको स्थानीयहरु बताउँछन् ।यस्ता अनेकौं समस्यामा वडा अध्यक्ष अत्यन्तै गैरजिम्मेवार तरिकाबाट अगाडि बढेको पीडितहरु बताउँछन् ।

वडा सरकारको भन्दा टोल सुधार समितिको राम्रो काम

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको सुर्य नगरबेशी टोल सुधार समिति निकै क्रियाशील छ ।उक्त टोल सुधार समितिले सार्वजनिक रुपमा धेरै सुधारका देखिने कामहरू गरेको छ ।टोल सुधार समितिले वडाले गर्नुपर्ने कतिपय सुधारका काम आफै गरेको छ । शान्ति सुरक्षाको लागि उक्त समितिले २ लाख बराबरीको खर्चमा आफ्नो क्षेत्रको सडकमा १२ वटा सिसी क्यामरा जडान गरेको छ ।यस्तै पोलहरुमा १५ वटा बत्ती जडान गरेको छ भने प्रत्येक घरको पायक पर्ने गरि ४० वटा डस्विन राखेको छ ।

टोल सुधार समितिका अध्यक्ष शोनाम शेर्पाका अनुसार टोल सुधार सुरक्षाको लागि आफूहरूले व्यक्तिगत लगानीमा पनि काम गरिरहेको बताए ।सक्ने जति हामीले गरेका छौ,तर सडकको हालत केही वर्ष यता निकै खराब भयो यो निकै लाजमर्दो भयो अध्यक्ष शेर्पाले भने ।ढिलासुस्ती र लापरबाहीको पनि हद हुन्छ तर यहाँ त हद पनि क्रस भयो टोल सुधार समितिका अध्यक्ष शेर्पा दुखेसो पोख्छन ।जोरपाटी बाट सुन्दरीजल सम्मको करिब सात किलोमिटर सडकको अवस्थाले शेर्पा जस्तै धेरैलाई दुखि बनाएको छ ।समस्याको जति गुनासो गरे पनि समाधान गरिदिने निकाय कोहि नभएको जस्तो छ।