२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीको सम्सीमा जसपा र सोनमामा लोसपा विजयी



अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका जिल्लाको सम्सीमा जसपा नेपालका रामनाथ यादवले तीन हजार ८९३ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका उत्तिमप्रसाद यादवले दुई हजार ५८२ मत ल्याउनुभएको छ ।

त्यस्तै उपाध्यक्ष पदमा जसपा नेपालकै अनिता कुमारीले तीन हजार २९५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उर्मिला देवी साहले दुई हजार ६८२ मत ल्याउनुभएको छ ।

यसैक्रममा जिल्लाको सोनमा गाउँपालिकामा लोकतान्त्रिक पार्टी नेपालका विशेश्वर यादवले चार हजार १०८ मत ल्याएर अध्यक्ष पदमा विजयी प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोकुल यादवले तीन हजार २४३ मत ल्याउनुभएको छ । त्यस्तै उपाध्यक्ष पदमा लोसपा नेपालकै जहिदा खातुनले तीन हजार २९८ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रञ्जिता देवीले तीन हजार २४३ मत ल्याउनुभएको छ ।