१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनुहँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी



Nepali Congress
अ+ अ-

तनहुँ । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद नेपाली कांग्रेसले जितेको छ । नगरप्रमुखमा आनन्दराज त्रिपाठी १२ हजार २५२ मत ल्याई निर्वाचित भए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का सीतारमा बजगाईं नौ हजार ४३ मत हासिल गरी पराजित गरे ।

यसैगरी उपप्रमुख पदमा उमा गोतामे निर्वाचित भएकी छन् । उनले १० हजार ५४७ मत पाइन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गरे ।

भानु नगरपालिकामा १३ वटा वडा छन् । तीमध्ये नौ वटा वडामा नेपाली कांग्रेस, दुई वटामा एमाले र दुईवटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पद जितेका छन् ।