११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीको राजविराजमा जसपाको नेतृत्व



अ+ अ-

सप्तरी । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित हुनुभएको छ । निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै जसपाका भीमराज यादव नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँले नौ हजार ६२४ मत प्राप्त गर्नुभएको छ ।

गत स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट उम्मेदवारी दिनुभएको भीमराज राजपाका शम्भुसँग १५ मतले पराजित हुनुभएको थियो । शम्भुले यसपटक चार हजार ८०७ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा जसपाबाट इसरत परविन सात हजार २६४ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशीलाकुमारी यादवले चार हजार ४२७ मत ल्याउनुभएको छ । गत स्थानीय तह २०७४ को निर्वाचनमा पाँच हजार १९५ मत ल्याएर निर्वाचित हुनुभएकी उपप्रमुख लोसपाकी साधना झा यसपटक तीन हजार २०६ मतमा सीमित हुँदा चौथो स्थानमा रहनुभयो ।

कूल १६ वडा रहेको राजविराज नगरमा जसपाले वडा नं १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले ७, ८ र १०, लोसपाले ६ र १३ वडाध्यक्षमा विजयी हासिल गरेको छ । नेकपा ९एमाले०ले वडा नं १४, नेकपा ९एकीकृत समाजवादी०ले वडा नं १२ र राप्रपाले वडा नं १३ को वडाध्यक्षमा जित हासिल गरेका छन् ।