६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीको राजविराजमा जसपाको नेतृत्व



अ+ अ-

सप्तरी । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित हुनुभएको छ । निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै जसपाका भीमराज यादव नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँले नौ हजार ६२४ मत प्राप्त गर्नुभएको छ ।

गत स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट उम्मेदवारी दिनुभएको भीमराज राजपाका शम्भुसँग १५ मतले पराजित हुनुभएको थियो । शम्भुले यसपटक चार हजार ८०७ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा जसपाबाट इसरत परविन सात हजार २६४ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशीलाकुमारी यादवले चार हजार ४२७ मत ल्याउनुभएको छ । गत स्थानीय तह २०७४ को निर्वाचनमा पाँच हजार १९५ मत ल्याएर निर्वाचित हुनुभएकी उपप्रमुख लोसपाकी साधना झा यसपटक तीन हजार २०६ मतमा सीमित हुँदा चौथो स्थानमा रहनुभयो ।

कूल १६ वडा रहेको राजविराज नगरमा जसपाले वडा नं १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले ७, ८ र १०, लोसपाले ६ र १३ वडाध्यक्षमा विजयी हासिल गरेको छ । नेकपा ९एमाले०ले वडा नं १४, नेकपा ९एकीकृत समाजवादी०ले वडा नं १२ र राप्रपाले वडा नं १३ को वडाध्यक्षमा जित हासिल गरेका छन् ।