१४ भाद्र २०८३, आईतवार
,
Latest
राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी



अ+ अ-

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी हुनुभएको हो । लामाले एक हजार ६२४ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गर्नुभयो । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गर्नुभयोे । विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित हुनुभएको थियो ।

गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ ।