१४ भाद्र २०८३, आईतवार
,
Latest
राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलामाईको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले



अ+ अ-

सिन्धुली । कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित हुनुभएको हो ।

प्रमुख पोखरेल १४ हजार १८७ तथा उपप्रमुख देवकोटा १२ हजार ६९४ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । प्रमुखका प्रत्यासी एमालेका महेन्द्रदेव श्रेष्ठले १२ हजार ५७६ तथा उपप्रमुखमा प्रत्यासी माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत प्राप्त गर्नुभयो ।

कमलामाई नगरपालिकाको १४ वडामध्ये एमाले सात, कांग्रेस ५ र माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेले वडा नं ३, ७, ८, ११, १२, १३ र १४, कांग्रेस वडा नं १, ४, ५, ६ र ९ तथा माओवादी केन्द्र वडा नं २ र १० मा विजयी भएको छ ।