२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

काठमाडौँ महानगरभित्रका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्न सक्ने

काठमाडौँ महानगरभित्रका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्न सक्ने
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । हिजो महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो । 

कोविड महामारीको अहिलेको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो । यसमा कोही पक्ष वा विपक्ष हुनुभन्दा सबैले विवेकपूर्ण व्यवहार गर्नुपर्छ । बैठकका अध्यक्ष शाक्यले भन्नुभयो, ‘सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्नुपर्छ । अनुगमन आए पालना गरौँला, नत्र आफ्नो अनुकुल हेरौँला भन्ने सोच राख्नु हुन्न । विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोविड १९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्छ । यदि कसैले लगाउन पाउनु भएको छैन भने हामी खोप उपलब्ध गराउँछौँ ।’ प्रमुख शाक्यले न्युनतम मापदण्डको कुरा गर्दै भन्नुभयो, ‘कक्षा सञ्चालन गर्नु अघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणका विषयमा समझदारी बनाउनुपर्छ । त्यसपछि मात्र विद्यालय सञ्चालन गर्न सकिनेछ ।’  

बैठकमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, प्रतिकुल परिस्थिति व्यवस्थापनका लागि निर्णय भइरहेकोले यसप्रति सबै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभएको थियो । बैठकमा कार्यपालिका सदस्यहरु, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत, प्याब्सन र एनप्याब्सनका प्रतिनिधिहरु, सामुदायिक विद्यालय विद्यालयका प्रधानाध्यापकसहित शिक्षा समितिका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
 
विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ । शिक्षा अधिकारी रामप्रसाद सुवेदीकाअनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्नेछ । यसमा भौतिक दुरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामुहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ । 

बैठकमा शिक्षा अधिकृत मोती भट्टराईले मापदण्ड पेश गर्नुभएको थियो । कोभिड –१९ को संक्रमणका कारण उत्पन्न वर्तमान परिस्थितिमा विद्यालय सञ्चालन गर्दा पालना गर्नु पर्ने न्यूनतम मापदण्डहरु :

१. विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने ब्यवस्था मिलाउने 
२. विद्यालयहरुले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रुपमा शिक्षा विभागमा पेश गर्ने 
३. विद्यालयमा विद्यार्थीहरुको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौँ महानगरपालिकाको जन स्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने 
४. विद्यालय सञ्चालन पूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने ।
५. विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने
६. विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेला बेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था  मिलाउने
७. विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकिन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने 
८. विद्यालयको गेट, कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बच्चाहरु लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने
९. सबै जनाले अनिवार्य रुपमा मास्क लगाउने, जगेडा मास्क लिइ आउने र मास्क नलगाइ आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने
१०. खाजा र पानीको प्रबन्ध विद्यार्थी स्वयम्ले घरबाट नै गर्न सूचित गर्ने 
११. कक्षा कोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरुको बसाइ व्यवस्थापन गर्ने ।
१२. प्रत्येक दिन कक्षा शुरु गर्नुपूर्व र कक्षा संचालन पश्चात विद्यालय परिसर र कक्षा कोठाहरु अनिवार्य रुपमा सेनिटाइज गर्ने ब्यवस्था मिलाउने 
१३. स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई विद्यालय नआउन जानकारी गराउने 
१४. विद्यालयहरुले बालबालिकाहरुलाई हरेक दिन कक्षा संचालन पूर्व १०र१५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने
१५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित वडाबाट नियमितरुपमा अनुगमन र समन्वय गर्ने ब्यवस्था मिलाउने 
१६. विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुट्टै आइसोलेसन कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने ब्यवस्था मिलाउने
१७. विद्यालयमा सामूहिक कार्यक्रम ÷सामूहिक प्रार्थना आदि नगराउने 
१८. विद्यालयमा खाजा समयमा भीडभाड नहुने गरी आलोपालो गर्ने प्रबन्ध मिलाउने 
१९. विद्यार्थीलाई आफ्ना पाठ््यसामग्री, पानीका बोतल, खाजा, झोला आदि सामान आपूmले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने 
२०. अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारी साधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारी साधनमा बस्ने ब्यवस्था मिलाउने 
२१. विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोविड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।
२२. विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने 
२३. सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर गरेर क्रमशः तल्ला कक्षाहरु सञ्चालन गर्ने ब्यवस्था मिलाउने 
२४. सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही पिरियड मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी पिरियडको संख्या बढाउदै लैजाने 
२५. सबै विद्यार्थीहरुको भौतिक उपस्थितिमा पूर्णरुपमा कक्षा संचालन नहुञ्जेल चालु वैकल्पिक सिकाइलाई  निरन्तरता दिने 
२६. अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशन अनुसार गर्ने ।
२७. काठमाडौं महानगरपालिका, शिक्षा विभाग मार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने ।