• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

सप्तरीमा माओवादी केन्द्रको पहिलो जित



सप्तरी । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो । प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याए ।

यसअघि जिल्लाको कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रले जित्न सकेको थिएन । माओवादी केन्द्रले नगरपालिकाको एउटा मात्र वडा नम्बर ६ मा जित हासिल गरेको छ ।

यस्तै उपप्रमुखमा जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत ल्याइन् । पराजित खातुन पनि निवर्तमान उपप्रमुख हुन् । नेकपा (एकीकृत समाजवादी)का शत्रुघ्नप्रसाद साह दुई हजार ९४३ मत ल्याइन् ।

कूल ११ वडा रहेको खडक नगरपालिकामा जसपाले वडा नं २, ६, ९ र ११, कांग्रेसले वडा नं ३, ८ र १०, एकीकृत समाजवादीले वडा नं ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः वडा नं १ र ६ मा जित हासिल गरेको छ ।