६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको बर्जुमा एमाले विजयी



अ+ अ-

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गरिन् ।

छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा कांग्रेस विजयी भएको छ ।