२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटिले मनोनित गर्ने छ ।  राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससकी भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटर्स नेपालका मुकुन्द कालीकोटे रहनुभएको छ ।

त्यस्तै केन्द्रीय सदस्यमा नयाँपेजका प्रवीण कुलुङ राई, अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिशसिंह नगाल, अनलाइनखबरका आर्यन धिमाल, थाहाखबरकी शिला तिमिल्सिना, नेवाः टाइम्सकी रमिता छुँजु र प्रभाव दैनिकका प्रदीपकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६/७७ बाट मनोरञ्जनतर्फ नवराज वाग्ले र कपिल खड्का, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डङ्गोल, पर्यापर्यटनतर्फ नारायण सिलवाल र प्रेम थापा, संस्कृति सम्पदातर्फ शोभा मर्हजन र प्रदीप शाक्य तथा साहासिकतर्फ मुकुन्द कालीकोटे र पूर्णिमा श्रेष्ठलाई प्रमाणपत्र र चाँदीको तक्मा प्रदान गरिएको थियो । पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाका नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटो पत्रकारिता पुरस्कार शिलापत्रका फोटो पत्रकार सुशीलकुमार श्रेष्ठलाई नगद रु १० हजारसहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो भने काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष डिगम्बर राजवंशी, पूर्वअध्यक्ष विकास रौनियार र कविन्द्रमान शाक्यले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । निर्वाचन प्रक्रियामा व्यवसायी तथा समाजसेवी नारायण श्रेष्ठ, पत्रकार माधव बराल र पूर्वअध्यक्ष कविन्द्रमान शाक्यको निर्वाचन कमिटीले सहयोग गरेको थियो ।