६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको रामधुनीमा एमाले विजयी



अ+ अ-

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा एमालेका शंकरलाल चौधरी मेयरमा निर्वाचित भएका छन् । उनी १३ हजार ३७२ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत प्राप्त गरे ।

उपमेयरमा पनि एमालेकै तारा थापा १२ हजार २२० मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी आश कुमारी चौधरीले १० हजार ४३९ मत ल्याइन् ।