• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

मोरङको उर्लाबारी नगरपालिकामा एमाले विजयी



विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा एमालेका गंगाप्रसाद खरेल र उपमेयरमा मिनाकुमारी खतिवडा विजयी भएका छन् ।

खरेलले निवर्तमान मेयर कांग्रेसका खड्ग फागोलाई १ हजार ८ सय ६६ मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार १ सय ५६ मत ल्याउँदा फागोले १० हजार २ सय ९० मत ल्याए ।

त्यसैगरी उपमेयरमा एमालेकी खतिवडा कांग्रेसकी सीता कार्कीलाई ८८ मतले हराउँदै विजयी भइन् । खतिवडाले १० हजार ७२८ मत ल्याउँदा कार्कीले १० हजार ६ सय ४० मत ल्याइन् ।