• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित



काठमाडौं । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका छन् ।

यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन् । तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना नगर उपप्रमुखमा निर्वाचित भएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट दुईरदुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जना उपप्रमुखमा निर्वाचित भएका छन् ।

यसैगरी ४०६ गाउँपालिका उपाध्यक्षमध्ये २८९ जना महिला निर्वाचित भएका छन् । कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा ९एकीकृत समाजवादी०बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक÷एक जना गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै महिला उम्मेदवार वडाध्यक्षमा ५७ जना निर्वाचित भएको आयोगले जनाएको छ । अहिलेसम्म पाँच हजार ७४७ जना वडाध्यक्षमा निर्वाचित भइसकेका छन् । यस्तै महिला सदस्यमा पाँच हजार ७४१, दलित महिला सदस्यमा पाँच हजार ६४३, सदस्यमा ३९५ जना महिला निर्वाचित भइसकेका छन् । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो ।