• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी



काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपाध्यक्षमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित हुनु भएको छ ।

थापाले ७ हजार ६०२ मत प्राप्त गर्नुभयो भने निकटतम प्रत्यासी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरीले ७ हजार ९५५ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत प्राप्त गर्नुभयो ।

चौधरी निवर्तमान उपमेयर पनि हुनुहुन्छ ।