१६ असार २०८३, मंगलवार
,
Latest
येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा पत्रकारलाई विभिन्न विधाका पुरस्कार प्रदान



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पत्रकारलाई विभिन्न विधाका पुरस्कार प्रदान गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गर्नुभयो । पत्रकारित क्षेत्रमा विशिष्ट योगदान पुर्‍याए वापत काउन्सिलले उहाँलाई रु एक लाख ५१ हजार राशिको उक्त पुरस्कार प्रदान गरेको हो ।

सो अवसरमा वरिष्ठ पत्रकार बद्रीविनोद खनाल (प्रतिक)लाई रु एक लाख १० हजार राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ प्रदान गरियो । ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ हिमालय टाइम्स दैनिक (उज्ज्वल शर्मा)लाई तथा ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ विमल गौतम र दुर्गालाल केसीलाई प्रदान गरिएको छ ।  ती पुरस्कार क्रमश : रु ५० हजार र २० हजार राशिका हुन् ।
 
‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ लोकबहादुर चौधरी (लक्की), ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ सुशील अर्याल , वासुदेव शर्मा, माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईं, रामानन्द गुप्ता र रमेश ढुङ्गेललाई प्रदान गरियो । उहाँहरुलाई जनही रु २० हजार नगद राशिसहित पुरस्कार प्रदान गरिएको हो ।
 
‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, कृष्णचन्द्र लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चूडामणि लिम्बू, चन्द्रकला क्षेत्री (भगवती थापा), शिवकुमार रिजाल, रमेश खतिवडा, जगन्नाथ दुलाल र तीर्थ जैसीलाई प्रदान गरियो । उक्त पुरस्कार जनही रु १५ हजार नगद राशिसहितको हो ।
  
समारोहमा ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पुरुषोत्तम खनाललाई तथा ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ जमुना वर्षा शर्मा, रुपा गहतराज र अञ्जु कार्कीलाई प्रदान गरियो । ती पुरस्कार जनही रु १५ हजार राशिसहितका हुन् । 

‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ रोहित राई, अनन्त अनुराग महतो र करन ताम्राकार गरियो । पुरस्कारका साथ उहाँहरुलाई जनही रु १५ हजार नगद प्रदान गरियो । 

कार्यक्रममा ‘प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार’ महेन्द्रराज सिंह र कुशल अर्याल तथा ‘प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार’ मदनकृष्ण सिलवाल र राजन सिंहलाई प्रदान गरियो । समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुष्ठ अर्याल र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायत सहभागी हुनुहुन्थ्यो ।