८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रतिपक्षले धरातल बिर्सिएर सरकारको बिरोध गर्यो: डा रिजाल

प्रतिपक्षले धरातल बिर्सिएर सरकारको बिरोध गर्यो: डा रिजाल
अ अ+ अ-

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो धरातल भन्दा माथि उठि प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद रिजालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीप्रति इंगित गर्दै प्रधानमन्त्री छँदा जे भन ेनि हुन्छ भन्ने किसिमका कुराहरु बिस्तारै गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर बिना तुकका कुराहरु गरेको आरोप लगाउनु भयो । उहाँले राजमार्गका ठाउँ ठाउँमा हवाइजहाज अवतरण गर्ने, रेल पानी जहाज कुदाउने, हेर्नलाई भ्यूटावर बनाउने, विदेशका अतिथिहरुलाई ल्याउन विशेष किसिमको अतिथि गृह बनाउने र सम्पन्न नभएका आयोजनाहरु उद्घाटन गर्नेजस्ता कामहरु ओली सरकारले गरेको बताउनु भयो । उहाँले यसअघिको सरकारले तयारी नै नभएका आयोजनाहरु शिलान्यास गर्ने कम्प्युटरबाट १६५ वटा निर्वाचन क्षेत्रका सडक शिलान्यास गरेको त्यसको काम सबै ठाउँमा अझै शुरु हुन नसकेको बताउनु भयो । उहाँले विपक्षी सांसदहरुले रेल र बिना तयारी सडकको शिलान्यास गरेका कुराहरु उठाएको भन्दै कम्प्युटरबाट शिलान्यास भएको ढुंगा देखाउन विपक्षी सांसदरुलाई चुनौति दिनुभयो ।

सांसद रिजालले भन्नुभयो, ‘प्रमुख प्रतिपक्ष दलका नेता प्रधानमन्त्री छँदा केही इम्याजनेटिभ कुराहरु गर्ने चलन गर्नुभयो । तर इम्याजनेटिभ कुराहरुलाई बिस्तारै गर्न सकिँदैन भन्ने लागेपछि आँखा चिम्लिएर जे बोलिदिए पनि हुन्छ भन्ने संस्कृति शुरु भयो । राजमार्गका ठाउँ ठाउँमा हवाइजहाज अवतरण गर्ने, रेल पानी जहाज कुदाउने, त्यो सबै गरेको हेर्नलाई भ्यूटावर बनाउने, नेपालीले मात्रै हेरेर पुग्दैन भनेर विदेशका अतिथिहरुलाई ल्याउन विशेष किसिमको अतिथि गृह बनाउने, सम्पन्न नभएका आयोजनाहरु उद्घाटन गर्ने, तयारी नै नभएका आयोजनाहरु शिलान्यास गर्ने कम्प्युटरबाट १६५ वटा निर्वाचन क्षेत्रका सडक शिलान्यास भयो, मेरो निर्वाचन क्षेत्र हो, मैले माग गरेको बजेट अनुसार २५ करोड छुट्टियो, तर शिलान्यास कम्प्युटरमा भयो । त्यो ढुंगा खोज्दै गएको थिएँ, बल्ल अस्ति १५ दिनअघि त्यसको ठेक्काको प्रक्रियामा अघि बढेको छ । यो संस्कृतिबाट मुक्ति नपाउँदासम्म हामी कहीँ जाँदैनौँ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आर्थिक तथा वित्तिय क्षेत्रमा मुलतः पुनः संरचना हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक क्षेत्रमा राज्यको पुनः संरचना गरेपनि आर्थिक र वित्तिय क्षेत्र सही रुपमा अझ पुनः संरचना हुन नसकेको भन्दै यसलाई सही ढंगले आत्मसाथ नगर्दासम्म आर्थिक क्षेत्रमा परिवर्तन हुन नसक्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रमा सरकारले आमुल परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । सांसद बस्नेतले नेपालको कृषि पूर्णतः निर्वाहमुखि रहेको भन्दै आर्थिक स्तरोन्नती गर्न कृषि क्षेत्रलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘राजनीतिक व्यवस्था बद्लियो, आर्थिक व्यवस्था पुरानै छ । आर्थिक तथा वित्तिय क्षेत्रमा मुलतः पुनः संरचना हुन सकेन । राज्यको पुनः संरचना हामीले राजनीतिक क्षेत्रमा ग¥यौं, आर्थिक र वित्तिय क्षेत्र सही रुपमा अझ पुनः संरचना हुन सकेको छैन । यसलाई सही ढंगले आत्मसाथ नगर्दासम्म यसलाई बदल्ने कुरा अपूर्ण रहनेछ । कृषि क्षेत्र अहिले पनि निर्वाहमुखि छ । करिव दुई तिहाईको निर्भरता रहेको कृषि क्षेत्रबाट एक चौथाई जिडिपीमा योगदान हुने स्थितिले के स्पष्ट गर्दछ भने हाम्रो कृषि क्षेत्र मुलतः निर्वाहमुखि छ । कच्चा पदार्थ आयात गरेर हामी उद्योग क्षेत्र सञ्चालन गरिरहेका छौँ । उद्योगको सानो हिस्समात्र मुनाफा देशमा रहन्छ बाँकी जहाँबाट सामान ल्याउँछौँ त्यतै जान्छ ।’