८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भयो: शिक्षामन्त्री पौडेल

स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भयो: शिक्षामन्त्री पौडेल
अ अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ ।  बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको हो ।

उहाँले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपनि त्यसलाई सच्याउने बताउनुभयो । मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘गठबन्धन सफल भयो । तपाई ढुक्क हुनुहोला गठबन्धन सफल भयो । आंशिक रुपमा भएका कमि, कमजोरीहरुलाई हामी सच्याउँछौ, समिक्षा गर्छौ । गठबन्धनकै कारणले उल्लेख्य रुपमा गठबन्धनको पक्षमा जनमत पनि प्रकट भएको छ । त्यसो भएको हुँदाखेरी गठबन्धन असफल भन्न मिल्दैन ।’

मन्त्री पौडेलले माओवादी केन्द्र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताउनुभयो । संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको हुँदा गठबन्धन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘अहिलेको स्थिति अनुसार हामी गठबन्धन नै गरेर जान्छौँ । अहिले पनि जे विषयमा, जे उद्देश्य लिएर हामीले गठबन्धन गरेका थियौँ । संविधान, विधि, पद्धती, प्रणाली खतरामा छ भनेर गरेको हिजोको हाम्रो विश्लेषण अहिले पनि कायम रहेको हुँदाखेरी अब आउने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म हामी गठबन्धन गर्ने पक्षमा नै छौँ ।’

मन्त्री पौडेलले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको स्पष्ट पार्नुभयो । केही ठाउँमा त्यस्तो भएपनि सबै ठाउँमा नभएको उहाँको भनाई छ । उहाँले गठबन्धन सँग असन्तुष्ट रहेको नेकपा(एकीकृत समाजवादी)लाई गठबन्धनमै रहन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘समिक्षा हामी गर्छौ । तर धेरै ठाउँमा भोट नहालेको भन्नेकुरा साँचो होइन । आंशिक रुपमा चाहीँ त्यस्तो देखिएको हामी पाउँछौँ । आंशिक रुपमा देखिएका ठाउँमा हामी गम्भिर समिक्षा गरेर आगामी दिनमा अब गठबन्धन गर्दाखेरी इमान्दारीतापूर्वक जो पक्षसँग गठबन्धन भएको छ त्यसको इमान्दारिता प्रस्तुत गर्नेगरी हामी छलफल गर्छौ र समिक्षा गर्छौ ।

गठबन्धन भनेको देशमा गम्भिर राजनीतिक संकट पैदा हुने स्थितिलाई रोक्नको निम्ति एउटा विश्वासको प्रकटीकरण पनि हो । त्यसकारणले एकीकृत समाजवादीलाई गठबन्धनमै रहेर सिमा, समस्या र कमी छन् भनेदेखि सच्याउनको निम्ति अनुरोध गर्न चाहान्छौँ ।’

उहाँले गठबन्धनका कमी, कमजोरीहरुलाई सच्याएर अगाडी बढ्ने पनि बताउनुभयो । माओवादी केन्द्र पहिले भन्दा सुदृढ भएको उहाँले बताउनुभयो ।

अहिलेसम्म ५७० स्थानीय तहको पूर्ण परिणाम आएको छ । १७४ नगर प्रमुखरउपप्रमुख, ३९६ गाउँपालिका अध्यक्षरउपाध्यक्ष निर्वाचित भइसक्नुभएको छ । ३५ हजार २२१ जनप्रतिनिधिमध्ये २९ हजार ३ण्३ जना निर्वाचित भइसक्नुभयो’, प्रवक्ता पौडेलले भने ।

पौडेलका अनुसार मतगणना बाँकी रहेका स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । पुनः मतदान भएका तहहरुको हकमा मतदान सम्पन्न भएको मितिले ४ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

जेठ ५ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगको लक्ष्य विभिन्न कारणले पूरा नभएको प्रवक्ता पौडेलले बताए । परिणाम नआएका स्थानीय तहहरु रिक्त हुने वा त्यसको संवैधानिक अवस्था के हुने भन्नेमा सरकारले नै निर्णय गर्नुपर्ने आयोगको भनाइ छ ।

‘जुन पालिकाहरुमा नयाँ पदाधिकारीहरुले पद सम्हाल्ने स्थिति हुँदैन, त्यहाँ केही दिनले त्यति ठूलो फरक त नपर्ला । तर, त्यो समयमा रिक्त हुन्छ वा हुँदैन वा के हुन्छ भन्नेमा निर्वाचन आयोगले भन्दा सरकार र संघीय मन्त्रालयले भन्नु उपयुक्त हुन्छ’, पौडेलले भने ।