८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नवलपरासीको सुनवल नगरमा एमालेको नेतृत्व

नवलपरासीको सुनवल नगरमा एमालेको नेतृत्व
अ अ+ अ-

परासी । गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो ।

तीन हजार २१८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९०८ मतको फराकिलो अन्तरले विजयी हुनुभएको छ । यस्तै चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका सूर्यप्रसाद दुवे निर्वाचित हुनुभएको छ ।

प्रमुखमा पराजित पोखरेल नेपाली कांग्रेसबाट र उपप्रमुखमा पराजित खरेल माओवादीबाट उम्मेदवार रहनुभएको थियो । निर्वाचित अर्यालले चौध हजार ८३८ मत ल्याउनुभएको छ भने उहाँको निकटम प्रतिद्वन्द्वी पोखरेलले एघार हजार ६२० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा निर्वाचित दुवेले तेह्र हजार ७९८ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी खरेलले आठ हजार ८९० मत पाउनुभएको हो । यसअघिको निर्वाचनमा सुनवल नगरको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित भएको थियो ।

१३ वडा रहेको यस नगरमा सात वडा एमालेले जितेको छ भने कांग्रेसले पाँच र माओवादीले एक वडा जितेको छ । वडा नं १ र २ मा एमालेका मनबहादुर थापा र राजेन्द्र यादव, ३ मा कांग्रेसका पविन गुरुङ, ४ मा एमालेका बालकृष्ण पङ्गेनी, ५ मा कांग्रेसका नेत्रलाल तिवारी र ६ को वडाध्यक्षमा एमालेका हिमलाल शर्मा निर्वाचित हुनुभएको छ ।

त्यस्तै ७ को वडाध्यक्षमा माओवादीका नारायण आचार्य, ८ मा कांग्रेसका देवबहादुर गुरुङ, ९ र १० मा एमालेका वीरबल चौधरी र दिलबहादुर थापा, ११ र १२ मा कांग्रेसका कमलप्रसाद च्वाई र चुडामणि पौडेल र वडा नं १३ मा एमालेका कृष्णप्रसाद बगाले निर्वाचित हुनुभएको हो ।

४६ हजार ३०१ मतदाता रहेको सुनवल नगरमा स्थानीय तह निर्वाचनमा विभिन्न ५० मतदान केन्द्रबाट ३४ हजार ४७८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।