८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गोकर्णेश्वरमा कांग्रेसको विजय र्याली

गोकर्णेश्वरमा कांग्रेसको विजय र्याली
अ अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा विजय हासिल गरेको नेपाली कांग्रेसले जोरपाटीबाट सुन्दरीजलसम्म विजय जुलुस निकालेको छ ।

विजय र्यालीमा नवनिर्वाचित नगरप्रमुख दीपक रिसाल, पूर्व नगरप्रमुख एवं कांग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, नवनिर्वाचिन वडाअध्यक्ष नारायणबहादुर सुवेदी, नन्दलाल श्रेष्ठ र राजीव थापालगायत नवनिर्वाचित वडा सदस्य, पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो ।

विजय ¥यालीपछि सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगी कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह र पहिलो सभामुख कृष्णप्रसाद भट्टराई, पार्टी नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनलगायत नेताको सालिकमा नवनिर्वाचित नगरप्रमुख रिसाललगायतका जनप्रतिनिधिले माल्यार्पण गर्नुभएको थियो ।

माल्यार्पणपछि विजय र्याली जोरपाटी चोकमै आएर समापन भएको थियो । बुधबार सम्पन्न मतगणनमा रिसाल नेकपा (एमाले)का नगरप्रमुख पदका उम्मेदवार उद्धव विष्टभन्दा एक हजार १८८ मतान्तरमा विजयी हुनुभएको थियो । उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभयो । वडा नं १, २, ३, ६ र ७ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं ५, ८ र ९ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरप्रमुख, उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजय भएका थिए । त्यसबेला वडा नं १, ३, ५, ६, ८ र ९ को वडाध्यक्ष पनि कांग्रेसले जितेको थियो । वडा नं २ मा राप्रपाले वडाध्यक्ष जितेको थियो । वडा नं ४ र ७ मा भने एमालेले वडाध्यक्ष जितेको थियो ।