१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रकवि घिमिरेको जन्मजयन्तीमा कविता वाचन



अ+ अ-

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उहाँका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज यहाँ ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो । 

प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गर्नुभयो । 

प्रतिष्ठानकै योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले गौरी (खण्डकाव्य) वाचन गर्नुभएको थियो । कूलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकविका प्रकाशन गर्न बाँकी रचनालाई प्रतिष्ठानले प्रकाश गर्ने र अन्य प्रकाशित रचनालाई समेत व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपकुलपति जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्याय र साहित्यकार रमा शर्माले राष्ट्रकविका व्यक्तित्व तथा कृतित्वबारे चर्चा गर्नुभयो । राष्ट्रकविको २०७७ साल भदौ ५ गते १०१ वर्षको उमेरमा निधन भएको थियो । (रासस)