• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’

बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी



बनेपा । स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध नगरपालिका तथा कोसीपारिस्थित चाँैरीदेउराली गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

बनेपा नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने उपप्रमुखमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् ।
प्राप्त मतपरिणामअनुसार नमोबुद्ध नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्साङ लामाले ११ हजार २११ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका राजन भुर्तेलले पाँच हजार ८२२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रत्नबहादुर लामाले आठ हजार १८७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका सम्झना लामाले छ हजार ५४३ मत प्राप्त गर्नुभएको छ ।

उता चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का रेणुका चौलागाईँले छ हजार २२८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी एमालेका जीतराम लामाले पाँच हजार ४६३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा गठबन्धनकै तर्फबाट कांग्रेसका शेरबहादुर लामाले सात हजार २१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका बविता खरेल गौतमले तीन हजार ५४९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी बनेपा नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मत प्रात गरी विजयी हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका रत्नकुश रञ्जितकारले ११ हजार ८३५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा भने नेकपा एमालेका विमला सापकोटा दाहालले ११ हजार ९९२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का रघुवर चौप्रधानले १० हजार ५१५ मत प्राप्त गर्नुभयो ।

चौँरीदेउराली गाउँपालिका वडा नं. १ मा कांग्रेसका सुशील लामाले ४०२, वडा नं २ मा एमालेका छत्रबहादुर प्रधानले ४३१, ३ मा नेकपा (माओवादी केन्द्र)का चित्रप्रसाद चौलागाईँले ६६८, ४ मा नेकपा (माओवादी केन्द्र)का रामप्रसाद चौलागाईँले ६५९, ५ मा नेकपा (माओवादी केन्द्र)कै कृष्णप्रसाद गौतमले ८४६, ६ मा कांग्रेसका किशोरराज गिरीले ६७७, ७ मा कांग्रेसकै चन्द्रराज लामाले ७८९, ८ मा नेकपा (माओवादी केन्द्र)का धनबहादुर तामाङले ६३९ र ९ मा नेकपा ९माओवादी केन्द्र०कै रामबहादुर लामाले ७०४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै नमोबुद्ध नगरपालिकाको वडा नं १ मा स्वतन्त्रबाट प्रेमबहादुर तामाङ ५५६, वडा नं २ मा कांग्रेसका कविराज श्रेष्ठले एक हजार ५५, वडा नं ३ मा कांग्रेसका रमेश तिवारीले ९४२,वडा न ४  मा एमालेका अर्जुनबहादुर कार्कीले ५९४, वडा नं ५ मा कांग्रेसका सुरे तामाङले एक हजार १०३, वडा नं ६ मा कांग्रेसका टीकाबहादुर केसीले ५३०, वडा नं ७ मा नेकपा (माओवादी केन्द्र)का धर्मसिं तामाङले ८२३, वडा नं ८ मा एमालेका शेरबहादुर तामाङले एक हजार ७४, वडा नं ९ मा कांग्रेसका वीरबहादुर लामाले ६४५ मत, वडा नं१० मा नेकपा (माओवादी केन्द्र)का रामकृष्ण उपाध्यायले ५४१ मत र वडा नं११ मा एमालेका कृष्णबहादुर तामाङले ५९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी बनेपा नगरपालिका वडा नं १ एमालेका कमलप्रसाद घिमिरे ६६८ वडा नं २ मा कांग्रेसका रामप्रसाद घिमिरे ९७१,वडा नं ३ मा कांग्रेसकै रमेश दाहाल एक हजार २९१ मत, वडा नं ४ मा एमालेका श्यामसुन्दर श्रेष्ठ एक हजार २२४, वडा नं ५ मा एमालेकै बलराम अधिकारी एक हजार ३५७, वडा नं ६ मा नेकपा (एकीकृत समाजदावी)का सचितानन्द केसीले ७६१, वडा नं ७ मा कांग्रेसका हिटलर शाक्यले एक हजार १६६, वडा नं ८ मा कांग्रेसका शुभलक्ष्मी मानन्धरले एक हजार ४४५ मत, वडा नं ९ मा कांग्रेसकै नृपेश बादेले एक हजार २००, वडा नं१० मा एमालेका चन्द्रबहादुर खड्का एक हजार १२९, वडा नं११ मा एमालेकै शिवकुमार थापाले ६६६, वडा नं१२ मा एमालेका रामबहादुर कुँवर ७०३, वडा नं १३ मा एमालेकै रामलाल दुवालले ८११ र वडा नं१४ मा कांग्रेसको टुल्कु लामाले ९६६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।यसअघि नै जिल्लाका भुम्लु र खानीखोला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनकै उम्मेदवार विजयी हुनुभएको थियो । तेह्र वटा स्थानीय तहमध्ये अब बाँकी आठवटा पालिकामा मतगणना जारी छ ।