८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी

बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी
अ अ+ अ-

बनेपा । स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध नगरपालिका तथा कोसीपारिस्थित चाँैरीदेउराली गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

बनेपा नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने उपप्रमुखमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् ।
प्राप्त मतपरिणामअनुसार नमोबुद्ध नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्साङ लामाले ११ हजार २११ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका राजन भुर्तेलले पाँच हजार ८२२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रत्नबहादुर लामाले आठ हजार १८७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका सम्झना लामाले छ हजार ५४३ मत प्राप्त गर्नुभएको छ ।

उता चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का रेणुका चौलागाईँले छ हजार २२८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी एमालेका जीतराम लामाले पाँच हजार ४६३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा गठबन्धनकै तर्फबाट कांग्रेसका शेरबहादुर लामाले सात हजार २१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका बविता खरेल गौतमले तीन हजार ५४९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी बनेपा नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मत प्रात गरी विजयी हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका रत्नकुश रञ्जितकारले ११ हजार ८३५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा भने नेकपा एमालेका विमला सापकोटा दाहालले ११ हजार ९९२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का रघुवर चौप्रधानले १० हजार ५१५ मत प्राप्त गर्नुभयो ।

चौँरीदेउराली गाउँपालिका वडा नं. १ मा कांग्रेसका सुशील लामाले ४०२, वडा नं २ मा एमालेका छत्रबहादुर प्रधानले ४३१, ३ मा नेकपा (माओवादी केन्द्र)का चित्रप्रसाद चौलागाईँले ६६८, ४ मा नेकपा (माओवादी केन्द्र)का रामप्रसाद चौलागाईँले ६५९, ५ मा नेकपा (माओवादी केन्द्र)कै कृष्णप्रसाद गौतमले ८४६, ६ मा कांग्रेसका किशोरराज गिरीले ६७७, ७ मा कांग्रेसकै चन्द्रराज लामाले ७८९, ८ मा नेकपा (माओवादी केन्द्र)का धनबहादुर तामाङले ६३९ र ९ मा नेकपा ९माओवादी केन्द्र०कै रामबहादुर लामाले ७०४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै नमोबुद्ध नगरपालिकाको वडा नं १ मा स्वतन्त्रबाट प्रेमबहादुर तामाङ ५५६, वडा नं २ मा कांग्रेसका कविराज श्रेष्ठले एक हजार ५५, वडा नं ३ मा कांग्रेसका रमेश तिवारीले ९४२,वडा न ४  मा एमालेका अर्जुनबहादुर कार्कीले ५९४, वडा नं ५ मा कांग्रेसका सुरे तामाङले एक हजार १०३, वडा नं ६ मा कांग्रेसका टीकाबहादुर केसीले ५३०, वडा नं ७ मा नेकपा (माओवादी केन्द्र)का धर्मसिं तामाङले ८२३, वडा नं ८ मा एमालेका शेरबहादुर तामाङले एक हजार ७४, वडा नं ९ मा कांग्रेसका वीरबहादुर लामाले ६४५ मत, वडा नं१० मा नेकपा (माओवादी केन्द्र)का रामकृष्ण उपाध्यायले ५४१ मत र वडा नं११ मा एमालेका कृष्णबहादुर तामाङले ५९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी बनेपा नगरपालिका वडा नं १ एमालेका कमलप्रसाद घिमिरे ६६८ वडा नं २ मा कांग्रेसका रामप्रसाद घिमिरे ९७१,वडा नं ३ मा कांग्रेसकै रमेश दाहाल एक हजार २९१ मत, वडा नं ४ मा एमालेका श्यामसुन्दर श्रेष्ठ एक हजार २२४, वडा नं ५ मा एमालेकै बलराम अधिकारी एक हजार ३५७, वडा नं ६ मा नेकपा (एकीकृत समाजदावी)का सचितानन्द केसीले ७६१, वडा नं ७ मा कांग्रेसका हिटलर शाक्यले एक हजार १६६, वडा नं ८ मा कांग्रेसका शुभलक्ष्मी मानन्धरले एक हजार ४४५ मत, वडा नं ९ मा कांग्रेसकै नृपेश बादेले एक हजार २००, वडा नं१० मा एमालेका चन्द्रबहादुर खड्का एक हजार १२९, वडा नं११ मा एमालेकै शिवकुमार थापाले ६६६, वडा नं१२ मा एमालेका रामबहादुर कुँवर ७०३, वडा नं १३ मा एमालेकै रामलाल दुवालले ८११ र वडा नं१४ मा कांग्रेसको टुल्कु लामाले ९६६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।यसअघि नै जिल्लाका भुम्लु र खानीखोला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनकै उम्मेदवार विजयी हुनुभएको थियो । तेह्र वटा स्थानीय तहमध्ये अब बाँकी आठवटा पालिकामा मतगणना जारी छ ।