२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता



अ+ अ-

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै जानुभएको छ ।

साहले ५ हजार २७९ मत प्राप्त गर्नुभएको छ । एमालेका शिवशङ्कर साह ३ हजार ४२० मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी २ हजार १३२ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो १ हजार ५४० मतका साथ चौथोे स्थानमा रहनुभएको छ ।

निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह १ हजार ५१९ मतका साथ पाँचौँ स्थानमा हुनुहुन्छ ।

उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राख्नुभएको छ । उहाँले पाँच हजार ९११ मत प्राप्त गर्नुभएको छ । एमालेका रुना झाले तीन हजार ७८० मतका साथ उहाँलाई पछ्याइ रहनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।