• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

नवलपरासीको मध्यविन्दुमा एमाले विजयी



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकै पूर्णकला चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले १६ हजार १२२ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी टीककुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गर्नुभयो । पन्ध्र वडा रहेको मध्यविन्दुमा १० वडामा एमाले तथा पाँचमा कांग्रेस निर्वाचित भएको छ ।