• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

विवेकशील साझालाई पहिलो सफलता



विवेकशील साझालाई पहिलो सफलता

विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएका छन् ।

एउटा वडाको मत गन्न बाँकी छँदै उनको विजय सुनिश्चित भएको हो । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अमिरीलाल प्रसादलाई दुई हजार मतले पछाडि पारेका छन् ।

मतगणना भइरहेको वडामा अब केबल ८०० मत गणना हुन बाँकी छ । अन्सारीले अहिलेसम्म चार हजार ८० मत प्राप्त गरिसकेका छन्।
बाराको फेटा गाउँपालिकामा आफ्नो विजय सुनिश्चित गरेको छ । स्थानीय तह निर्वाचनको इतिहासमा विवेकशीलले पहिलोपटक जित निकाल्न लागेको हो ।

सो गाउँपालिकामा उपाध्यक्षमा पनि विवेकशील साझा पार्टीकै नीलम साह झन्डै एक हजार ५०० मतले अगाडि छिन् । उनको पनि जित करिब सुनिश्चि भएको छ । स्थानीय तह निर्वाचनको इतिहासमै विवेकशील साझा पार्टीले पहिलोपटक जित निकाल्न लागेको हो ।