६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझालाई पहिलो सफलता



अ+ अ-

विवेकशील साझालाई पहिलो सफलता

विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएका छन् ।

एउटा वडाको मत गन्न बाँकी छँदै उनको विजय सुनिश्चित भएको हो । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अमिरीलाल प्रसादलाई दुई हजार मतले पछाडि पारेका छन् ।

मतगणना भइरहेको वडामा अब केबल ८०० मत गणना हुन बाँकी छ । अन्सारीले अहिलेसम्म चार हजार ८० मत प्राप्त गरिसकेका छन्।
बाराको फेटा गाउँपालिकामा आफ्नो विजय सुनिश्चित गरेको छ । स्थानीय तह निर्वाचनको इतिहासमा विवेकशीलले पहिलोपटक जित निकाल्न लागेको हो ।

सो गाउँपालिकामा उपाध्यक्षमा पनि विवेकशील साझा पार्टीकै नीलम साह झन्डै एक हजार ५०० मतले अगाडि छिन् । उनको पनि जित करिब सुनिश्चि भएको छ । स्थानीय तह निर्वाचनको इतिहासमै विवेकशील साझा पार्टीले पहिलोपटक जित निकाल्न लागेको हो ।