८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हलेसी तुवाचुङमा कांग्रेस विजयी

हलेसी तुवाचुङमा कांग्रेस विजयी
अ अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी हुनुभएको छ । राईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का खडेन्द्रकुमार राईलाई ३५१ मतले तथा राउतले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अमेम्बर राईलाई २७३ मतले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी हुनुभएको हो ।

विमलाले छ हजार ३१७ मत ल्याएर विजयी हुँदा खडेन्द्रले पाँच हजार ९६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सङ्गीता न्यौपाने (ढुङ्गेल)ले जानकारी दिनुभयो । उहाँका अनुसार उपप्रमुखमा राउतले पाँच हजार ९३४ मत ल्याएर विजयी हुँदा राईले पाँच हजार ६६१ मत ल्याउनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा विमला नगरप्रमुखमा निर्वाचित हुनुहुने पहिलो महिला बन्नुभएको छ । विसं २०७४ सालको निर्वाचनमा कांग्रेसबाटै उपप्रमुखमा विजयी विमलाले यसवर्षको निर्वाचनमा एमाले र माओवादी केन्द्रको अघोषित गठबन्धनलाई पराजित गर्दै प्रमुखमा विजयी हुनुभएको हो ।

एघार वडा रहेको यस नगरपालिकामा तीन वडा बाहेक अन्य सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । वडा नं ६ मङ्गलटारमा माओवादी का गण राई तथा वडा नं १० अर्खौलेमा एमालेका अर्जुनकुमार पुरी र वडा नं ११ राजापानीमा एमालेकै अनिस कार्की विजयी हुनुभएको हो ।

अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुखसहित सात वडा जितेको कांग्रेसले यस पटकको निर्वाचनमा थप एक वडाध्यक्षसहित पुनः प्रमुख र उपप्रमुख दुवै जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेसबाट वडा नं। १ बाहुनीडाँडामा रुद्रकुमार राई, वडा नं २ डिकुवामा देवेन्द्रकुमार राई, वडा नं ३ च्यास्मिटारमा भूपालसिं राई, वडा नं ४ बडहरेमा किशोरकुमार बस्नेत, वडा नं ५ दुर्छिममा रुपेन्द्रकुमार राई, वडा नं ७ महादेविस्थानमा कमल गिरी, वडा नं ८ धितुङमा टेकराज राई र वडा नं ९ सल्लेमा काँसीराज राई विजयी हुनुभएको हो ।

जिल्लाका दश स्थानीय तहमध्ये काँग्रेसले सबैभन्दा बढी छ तथा एमाले र माओवादी केन्द्रले दुई/दुई स्थानीय तहको प्रमुखमा विजय हासिल गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा काग्रेसका तीर्थराज भट्टराई तथा उपप्रमुखमा माओवादी केन्द्रका विसन राई नेकपा (एमाले)का उम्मेदवार कुमार आचार्य र विणादेवी राईलाई अत्यधिक मतले पछि पार्दै विजयी हुनुभएको छ ।

साकेला गाउँपालिकाको प्रमुखमा कांग्रेसका रविप्रकाश राई तथा उपप्रमुखमा माओवादी केन्द्रका बिर्सिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा एमालेका लोकन्द्र राई तथा उपप्रमुखमा एमालेकै अरुणा थापामगर, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा एमालेका गिरेन्द्रबहादुर राई तथा उपप्रमुखमा कांग्रेसका राजेश राजभण्डारी, बराहपोखरी गाउँपालिकाको प्रमुखमा कांग्रेसका शालिकराम बञ्जरा तथा उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का भूवलराज राई विजयी हुनुभएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिकाको प्रमुखमा कांग्रेसका समिर राई तथा उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका गुरुराज राई, रावाबेँसी गाउँपालिकाको प्रमुखमा काँग्रेसका फटिककुमार श्रेष्ठ तथा उपप्रमुखमा एमालेका कौशिला गुरुङ, जन्तेढुङ्गा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका अरुणादेवी राई ‘दिक्षा’ तथा उपप्रमुखमा कांग्रेसका खेमबहादुर खड्का र खोटेहाङ गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका उदिमबहादुर राई ‘मुक्ति’ तथा उपप्रमुखमा कांग्रेसका रुपेश राई विजयी हुनुभएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको छ वटा स्थानीय तहमा कांग्रेससहित चार दल तथा चार वटामा कांग्रेसबाहेक तीन दलबीच चुनावी तालमेल भएको थियो । चार राजनीतिक दलबीच चुनावी तालमेल भएको ऐसेलुखर्क गाउँपालिकामा कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङले बागी उम्मेदवार दिनुभएपछि गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका श्रीबहादुर राई पराजित हुनुभएको छ ।

विसं २०७४ को निर्वाचनमा एमाले पाँच, कांग्रेस चार र माओवादी केन्द्रले एउटा स्थानीय तह जितेको थियो । सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा यसवर्षको निर्वाचनमा एमाले एक्लै मैदानमा उत्रिएको हो ।