१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुरामको गृहनगर पालुङटारमा माओवादी केन्द्रको जित



बाबुराम भट्टराइ ( फाइल फोटो)
अ+ अ-

गोरखा । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेता डा बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले विजय भएको छ ।

सो नगरपालिकामा माओवादी केन्द्रका प्रमुख र उपप्रमुख दुवै उम्मेदवार निर्वाचित भएका हुन् । विवश चिन्त छ हजार ७२ मतका साथ प्रमुख पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले पाँच हजार ७१७ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा माओवादी केन्द्रकै बन्दना पाण्डे पाँच हजार ५७९ मत ल्याई विजयी भइन् । उपप्रमुख पदमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चेतकुमारी श्रेष्ठले पाँच हजार ७७ मत प्राप्त गरिन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जसपाका उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको थियो । तर स्थानीयस्तरमा असन्तुष्टि बढेपछि कांग्रेस र जसपाबीचको चुनावी तालमेल सफल हुन सकेन ।

यसअघिको स्थानीय तहको निर्वाचनमा पालुङटार नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।