२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल चोरीको आरोपमा दुई पक्राउ



अ+ अ-

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका–७ का ४० वर्षीय मुसा कुरेसी रहेका छन् । दिनलाई घटनास्थलबाटै र सो घटनामा संलग्न रहेको आरोपमा कुरेसीलाई खोजतलास गर्दै जाँदा बर्दिया बढैयाताल गाउँपालिका – ३ भोलागौडी बजार नजिकबाट चोरी भएका चार थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई बर्दिया जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)