८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा, सातमध्ये पाँचमा कांग्रेस, एमाले शुन्य

प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा, सातमध्ये पाँचमा कांग्रेस, एमाले शुन्य
अ अ+ अ-

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले १ स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले २ स्थानीय तह हात पारेको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै भित्रिमधेशको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका बिमला महता निर्वाचित हुनुभयो । यस नगरपालिकाका वडाहरुमा पनि कांग्रेसको सहज जित भएको छ ।

कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ । यहाँका आलिताल र अजयमेरु गाउपालिकामा नेकपा (माआवादी केन्द्र) आएको छ । उता अजयमेरु गाउपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी वशन्ती पाल विजयी हुुनुभएको छ ।

कांग्रेसले ५२ वडामध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले ३, एकीकृत समाजवादी २, बिपी कांग्रेस २ र स्वतन्त्रले २ वडा जितेका छन् । विसं २०७४ को निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो । अघिल्लो चुनावमा नेकपा (एमाले) ले २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो । अघिल्लो चुनावमा कांग्रेसले ४ पालिकामा मात्र विजय भएको थियो ।

अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा ५ वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडामा विजय हात पारेको छ । अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शुन्यमा झरेको छ ।

त्यसैगरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुखसहित ३ वडा मात्रै जितेको कांगे्रसले अहिले सम्पन्न स्थानिय निर्वाचनमा पालिका प्रमुख सहित ५ वडा जितेको छ ।

गन्यापधुरामा पनि पहिले कांग्रेसले तीन वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ । यो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरको पालिका हो ।

अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिमा अध्यक्ष, उपाध्यक्षसहित २ वडा मात्रै जितेको कांग्रेस अहिले अध्यक्ष उपाध्यक्ष सहित थप दुई वडा जितेको छ र बाँकी ३ वडामा नेकपा (एकीकृति समाजवादी) ले २ र माओवादीले १ वडामा जित हासिल गरेको छ ।

भागेश्वर गाउपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष मात्रै जितेको कांग्रेसले अहिले पालिकासहित ४ वडामा जित हासिल गरेको छ । त्यसैगरी यसअघि भागेश्वरमा एमालेले ४ र माओवादीले एक वडा जितेकामा अहिले ४ वडामा नै कांग्रेसले जित हासिल गरेको छ । अर्काे एकमा स्वतन्त्र उम्मेदबार आएका छन् ।

डडेल्धुरा कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराले डडेल्धुराका जनताले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रतिको विश्वास यस पटकको स्थानीय तहको निर्वाचनमा प्रकट गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो– डडेल्धुरमा गठबन्धन थिएन बरु समझदारीमा सबै दलले आ–आफ्नो तवरबाट निर्वाचनमा उठेका थियौँ र यो देशको विकास गर्ने र मुलुक आर्थिक तथा राजनीतिक संकटमा परेका बेला निकास दिन सक्ने पार्टी नेपाली कांग्रेस र नेता शेरबहादुर देउवा नै हुन् भन्ने विश्वासका साथ यहाँका जनताले स्थानीय तहमा मत दिएका हुन् ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति भिम साउदले यसअघिका अरु दलका जनप्रतिनिधिहरुले कुरामात्र गरेका तर विकासका काम नगरेका कारण यसपाली यहाँका नागरिकले कांग्रेसलाई छानेको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसको वर्तमान नेतृत्वको नीति, जिल्लाका नेता तथा कार्यकर्ताहरुको सक्रियता तथा जिल्लामा पार्टी सभापति देउवाप्रति यहाँका जनताले गरेको भरोसाका कारण पनि अहिलेको जित हात लागेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस डडेल्धुराकी महासमिति सदस्य सरस्वती खड्काले नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले सुदूरपश्चिमका महिला र त्यसमा पनि डडेल्धुराका महिलामा गरेको लगानीको परिणाम अहिलेको स्थानीय तहको नतिजा हो भन्नुहुन्छ ।

खड्काले भन्नुभयो– डा देउवाले यहाँका महिलाका घरेलु हिंसा तथा उनीहरुमा परेका अनेक समस्या बुझ्ने र तिनको समाधान गरी महिला सशक्तिकरणमा हरबखत आफै लाग्ने गर्नुहुन्छ । त्यस्तै पछिल्लो समय उहाँ सुदूरपश्चिममा नै खट्नुभयो र डडेल्धुराका चुनावी सभाहरुलाई पनि सम्बोधन गर्नुभयो । यसका कारण पनि यहाँ हामीले राम्रो परिणाम हात पार्न सकेका हौँ ।

गएको महाधिवेशनबाट जिल्लामा छानिएको नयाँ नेतृत्वको सक्रियता र सो नेतृत्वले पार्टीका नीति तथा कार्यक्रमहरु जनताको घरघरसम्म पुर्याउन सकेका कारण पनि यहाँको एक समूहले कांग्रेस पार्टी छोडेर अलग भए पनि यो निर्वाचनमा पार्टीले राम्रो परिणाम हात लागेको उहाँको धारणा छ ।

स्थानीय निर्वाचनको मतगणना जारी रहेका बेला नागरिकहरुले प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीको जिल्ला झापाको परिणामप्रति चासो राखिरहेका छन् । प्रधानमन्त्रीको जिल्लामा उहाँले नेतृत्व गरेको दल नेपाली कांग्रेसले राम्रो नतिजा प्राप्त गरिसकेको छ भने उता झापाबाट भने परिणाम आइरहेका छन् । रासस