• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी



काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका छन् ।

चौधरी ३१, ७२८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६, ३६८ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा नेकपा एमालेकै हुमाकुमारी डिसी ३०, ४०३ मत ल्याएर विजयी हुनुभयो । उहाँँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुपबहादुर डागीले ३०, ३५४ मत प्राप्त गर्नुभयो ।