१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा १० मध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक



अ+ अ-

हेटौँडा । मकवानपुरको १० स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ ।

नेकपा ९एमाले०ले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ । नेकपा (माओवादी केन्द्र)ले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । काँग्रेसले राक्सिराङ, बकैया, कैलाश र मकवानपुरगढीमा जित हासिल गरेको छ । कैलाशमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । एमाले र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए ।

इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा एमाले विजयी 

मकवानपुरको १० स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ ।

नेकपा (एमाले)ले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ । नेकपा ९माओवादी केन्द्र०ले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । काँग्रेसले राक्सिराङ, बकैया, कैलाश र मकवानपुरगढीमा जित हासिल गरेको छ । कैलाशमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । एमाले र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए ।

इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा एमाले विजयी भयो । रासस