१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन साहको १९,०८१ मत, चितवनमा रेणुको अग्रता बढ्दै



वालेन शाह र केशव स्थापित
अ+ अ-

काठमाडौंः यस पटकको स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् ।

पछिल्लो पटक देशको राजधानी काठमाडौंको मेयरमा युवा इन्जिनियर वालेन्द्र साहले नाटकीय अग्रता बनाइरहेका छन् । बुधबार राति १०.३० बजेको मतविवरण अनुसार वालेन्द्रले १९ हजार ८१ मत प्राप्त गरिसकेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् । स्थापितले ९ हजार ८२७ मत प्राप्त गरेका छन् जुन वालेन्द्रको भन्दा ९ हजार २५४ ले कमी हो ।

सिर्जना सिंहले भने ८ हजार ८९३ मत प्राप्त गरेकी छिन् ।

उता, भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार एवं प्रचण्डपुत्री रेणु दाहालले एमालेका प्रत्यासी विजय सुवेदीसँगको अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

पछिल्लो मत विवरण अनुसार, रेणु दाहालले १२ हजार ३५२ मत प्राप्त गरेकी छिन् जबकी एमालेका विजय सुवेदीले ९ हजार ८२७ मत प्राप्त गरेका छन् । अर्थात विजय सुवेदीभन्दा रेणुले २,३८५ मतान्तर बनाउनु भएको छ ।

यस्तै, पोखरामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य, वीरगंज महानगरमा राजेशमान सिंह र विराटनगर महानगरमा नागेश कोइरालाले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।