२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको मनहरीमा गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित



मनहरि गाउँपालिकाबाट अध्यक्षमा विजयी रञ्जन कालाखेती र उपाध्यक्षमा विजयी नेकपा (माओवादी केन्द्र) की सीता पुलामी ।
अ+ अ-

मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज अबेर सार्वजनिक मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सीता पुलामी विजयी हुनुभएको हो ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्षमा निर्वाचित कालाखेतीले निवर्तमान अध्यक्षसमेत रहनुभएका नेकपा(एमाले) का उम्मेदवार एकराज उप्रेतीलाई चार हजार ३४६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । कालाखेतीले नौ हजार ३१६ मत प्राप्त गर्दा उप्रेतीले चार हजार ९७० मत प्राप्त गर्नुभयो ।

त्यस्तै नेकपा (एमाले) की उम्मेदवार सुजिता थिङलाई एक हजार १६ मतान्तरले पराजित गर्दै नेकपा (माओवादी केन्द्र) की पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा चार वटा वडामा प्यानलसहित पालिकाको अध्यक्ष, उपाध्यक्ष जितेको एमालेले यो निर्वाचनमा मनहरीमा जम्मा चार जना सदस्य मात्रै जित्न सफल भएको छ ।